Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026

डिभोर्सको समाचार छाप्ने मिडियालाई प्रियंकाले मुद्दा हाल्ने

spot_img
spot_img

केही दिन अगाडि मात्र बलिउड नायिका प्रियंका चोपडा र उनका श्रीमान निक जोनसबीच डिभोर्सको तयारी भइरहेको समाचार निकै भाइरल भयो । बिबाहको दुई महिना पूरा भएलगतै उनीहरु बिचको डिभोर्सको कुराले निकै चर्चा पायो । एक अमेरिकी म्यागजिनले उक्त कुरालाई दावी गर्दै समाचार प्रकाशित गरेको थियो ।

उक्त समचारमा प्रियंकाको किचकिचे बानी र बच्चा जस्तो स्वभावका कारण दिक्क भएर निकले डिभोर्स दिन लागेको उल्लेख गरिएको थियो । निकको परिवारबाट पनि डिभोर्सको लागि निकै दवाव दिइरहेको लेखिएको थियो ।

तर, नायिका प्रियंका चोपडाले उक्त कुरा गलत भएको बताएकी छिन् । उक्त कुरा आफ्नो जीवनमा नराम्रो असर गरेको भन्दै समचार छाप्ने म्यागेजिनविरूद्ध मानहानीको मुद्धा हाल्ने प्रियंकाले बताइन् । प्रियंका निकट स्रोतका अनुसार उनी मुद्धा हाल्ने तयारी गरिरहेकी छिन् ।

उक्त समचार सार्वजनिक भएपछि प्रियंकाले आफ्नो र निकको वैवाहिक जीवन खुशीसाथ चलिरहेको समेत बताएकी छिन् । प्रियंका र निकको डिभोर्सको खबर सार्वजनिक भएपछि यसले विश्वव्यापी रुपमा चर्चा पाएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...

सुबोध स्मृति पत्रकारिता पुरस्कार गौतमलाई, अन्य पाँच जना पनि सम्मानित हुने

वीरगंज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगंजका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतीक...