Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

नेता नेपाल पनि वीरगंजमा, प्रभावित क्षेत्रको निरिक्षण तथा राहत वितरण गर्ने

spot_img
spot_img

वीरगंज, २० चैत ।
ंपूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले भिषण हावाहुरी आएको चौथो दिन बुधबार प्रभावित क्षेत्र पुगेका छन । आइतबार आएको भिषण हावाहुरी प्रभावित बारा–पर्साको घाइते भेटन तथा राहत वितरण गर्न नेता वीरगंज पुगेका हुन ।

सतारुढ दलका बरिष्ठ नेता नेपाल वीरगंज स्थित नारायणी अस्पताल र नेशनल मेडिकल क्लेजमा पुगी हावाहुरीबाट घाइते भएका संग भेट गरेका छन ।

घाईतेहरु संग भेट गर्दै नेता नेपाल उपचारमा कुनै कसर बाकी नराख्न चिकित्सकहरुलाई आग्रह समेत गरेका छन । घाइतेहरुको अवस्था बुझदै नेता नेपालले उपचार कुनै कीसिमको ढिलाई नगर्न समेत अस्पताल प्रशासनलाई आग्रह गरेका हुन ।

यस पछि नेता नेपालको हावाहुरी प्रभावीत क्षेत्रको निक्षिण तथा राहत वितरण गर्ने कार्यक्रम रहेको नेकपाका नेता नागेन्द्र चैधरीले बताए ।

यस अघि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड), नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा लगायतका नेता प्रभावित क्षेत्रको निरिक्षण तथा घाइते भेटि सकेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पत्रकारविरुद्ध विद्युतीय अपराध मुद्दा दर्ता गरिएकोप्रति समाजवादी प्रेस संगठन पर्साको आपत्ति

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध विद्युतीय...

महावीर पुनको मस्यौदा : विज्ञान मन्त्रालयले अर्को NIC/NAST बनाउँदैछ ?

नेपालले पहिलोपटक विज्ञान, प्रविधि तथा नवप्रवर्तनको छुट्टै मन्त्रालय पायो, र त्यही मन्त्रालयले आफ्नो पहिलो ठोस कानुनी दस्तावेज — नियमावलीको मस्यौदा — सार्वजनिक गर्‍यो। यो...

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...