Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

विद्यार्थीहरुद्वारा हावाहुरी प्रभावित क्षेत्रमा श्रमदान

spot_img
spot_img

वीरगञ्ज, १९ चैत ।
समृद्ध नेपाल युवा समाजका स्वयंसेवहरु हावाहुरी प्रभावित फेटा गाउँपालिकामा श्रमदान गरेका छन । युवा समाजका दुई दर्जन जति स्वंय सेवकहरु हावाहुरी प्रभावित फेटा गाउँपालिको भरवलियामा पुगी टहरा निर्माणमा श्रमदान गरेको समाजका लक्ष्मण साहले वताए । टहरा निर्माण गर्ने क्रममा भेटिएका उनले भने घरविहिन भएकाहरुका लागि सहयोग गर्न हामी यहां पुगेका हौं । आर्थिक सहयोग गर्न नसकिए पछि श्रमदान गर्न पुगेका छौं ।

हाम्रो श्रमदानले पिडितहरुलाई बस्न राहत पुग्ने छ । हावाहुरी प्रभावित क्षेत्रमा श्रमदान गर्न पुगेका स्वंयम सेवहरु कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु थिए । प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकाको भरवलियामा नेपाली सेनाले अस्थाई टहरा निर्माण थालेको छ । फेटा गाउँपालिका १, ३ र ६ मा भत्किएका संरचना हटाएर सेनाले टहरा निर्माणको काम सुरु गरेको हो ।

आँधीका कारण घरविहीन बनेका पीडितका लागि अस्थायी बसोबास गर्न टहरा निर्माण गर्ने कार्यमा स्वयंसेवहरु श्रमदान गरेका हुन । भोली पनि हाम्रो स्वयंसेवक साथीहरुको तर्फबाट श्रमदान गर्ने कार्य जारी रहने समृद्ध युवा समाजका प्रभाकर साहले वताए । बाराको फेटा गाउँपालिकामा मात्रै चार सय भन्दा बढी घरमा क्षति पुगेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...