Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

विद्यार्थीहरुद्वारा हावाहुरी प्रभावित क्षेत्रमा श्रमदान

spot_img
spot_img

वीरगञ्ज, १९ चैत ।
समृद्ध नेपाल युवा समाजका स्वयंसेवहरु हावाहुरी प्रभावित फेटा गाउँपालिकामा श्रमदान गरेका छन । युवा समाजका दुई दर्जन जति स्वंय सेवकहरु हावाहुरी प्रभावित फेटा गाउँपालिको भरवलियामा पुगी टहरा निर्माणमा श्रमदान गरेको समाजका लक्ष्मण साहले वताए । टहरा निर्माण गर्ने क्रममा भेटिएका उनले भने घरविहिन भएकाहरुका लागि सहयोग गर्न हामी यहां पुगेका हौं । आर्थिक सहयोग गर्न नसकिए पछि श्रमदान गर्न पुगेका छौं ।

हाम्रो श्रमदानले पिडितहरुलाई बस्न राहत पुग्ने छ । हावाहुरी प्रभावित क्षेत्रमा श्रमदान गर्न पुगेका स्वंयम सेवहरु कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु थिए । प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकाको भरवलियामा नेपाली सेनाले अस्थाई टहरा निर्माण थालेको छ । फेटा गाउँपालिका १, ३ र ६ मा भत्किएका संरचना हटाएर सेनाले टहरा निर्माणको काम सुरु गरेको हो ।

आँधीका कारण घरविहीन बनेका पीडितका लागि अस्थायी बसोबास गर्न टहरा निर्माण गर्ने कार्यमा स्वयंसेवहरु श्रमदान गरेका हुन । भोली पनि हाम्रो स्वयंसेवक साथीहरुको तर्फबाट श्रमदान गर्ने कार्य जारी रहने समृद्ध युवा समाजका प्रभाकर साहले वताए । बाराको फेटा गाउँपालिकामा मात्रै चार सय भन्दा बढी घरमा क्षति पुगेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...