Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

हावाहुरीले घाइते भएका थप एक जनाको मृत्यु

spot_img
spot_img

वीरगंज, १९ चैत ।
भिषण हावाहुरीले घाइते भई उपचार गराइरहेका एक बालकको आज मृत्यु भएको छ । गत आइतबार साँझ आएको हाहुरीले योसँगै आँधीहुरीले ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । यसअघि बारामा २६ र पर्सामा एक जना गरी २७ जनाको मृत्यु भएको थियो ।

वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका बाराको फेटा गाँउपालिका ६ का फिरोज अंसारीका पाँच वर्षीय छोरा फैयाज आलमको मंगलबार मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजको आइसियुकक्षमा गत आइतबार रातिदेखि उपचार गराइरहेका आलमको मंगलबार दिउँसो मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले वताए ।

विनाशकारी हावाहुरीले घाइते भएका ४ सय भन्दा बढीको वीरगन्जका विभिन्न अस्पतालमा र कलैय अस्पतालमा उपचार भइरहेको छ । पाँचजना घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ । विनाशकारी हावाहुरीले बारा र पर्साको १५ सय भन्दा बढी घरमा क्षति पुगेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...