Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

हावाहुरीले घाइते भएका थप एक जनाको मृत्यु

spot_img
spot_img

वीरगंज, १९ चैत ।
भिषण हावाहुरीले घाइते भई उपचार गराइरहेका एक बालकको आज मृत्यु भएको छ । गत आइतबार साँझ आएको हाहुरीले योसँगै आँधीहुरीले ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । यसअघि बारामा २६ र पर्सामा एक जना गरी २७ जनाको मृत्यु भएको थियो ।

वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार गराइरहेका बाराको फेटा गाँउपालिका ६ का फिरोज अंसारीका पाँच वर्षीय छोरा फैयाज आलमको मंगलबार मृत्यु भएको हो ।

नेशनल मेडिकल कलेजको आइसियुकक्षमा गत आइतबार रातिदेखि उपचार गराइरहेका आलमको मंगलबार दिउँसो मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले वताए ।

विनाशकारी हावाहुरीले घाइते भएका ४ सय भन्दा बढीको वीरगन्जका विभिन्न अस्पतालमा र कलैय अस्पतालमा उपचार भइरहेको छ । पाँचजना घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ । विनाशकारी हावाहुरीले बारा र पर्साको १५ सय भन्दा बढी घरमा क्षति पुगेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सर्लाहीको भूमिगत सिँचाइ प्रमुखसहित दुई जनामाथि भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैठौँ...

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् । नेपाल प्रहरीका अनसार...

रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन्...