Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सेनाले अस्थायी टहरा निर्माण थाल्यो

spot_img
spot_img

बारा, १९ चैत ।

हावाहुरी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकामा नेपाली सेनाले पीडितका लागि अस्थायी टहरा निर्माण सुरु गरेको छ। फेटा गाउँपालिका १, ३ र ६ मा भत्किएका संरचना हटाएर सेनाले टहरा निर्माणको काम सुरु गरेको हो।

आँधीका कारण घरविहीन बनेका पीडितका लागि अस्थायी बसोबास गर्न टहरा निर्माण सुरु गरिएको नेपाली सेनाका मेजर चिरञ्जीवी बोहोराले जानकारी दिए। ‘अहिले भत्किएका संरचना हटाएर टहरा निर्माण गर्न सुरु गरिरहेका छौं। पीडितलाई ओत लाग्ने ठाउँसम्म छैन’, उनले भने, ‘हामीले बिहानैदेखि जग्गा छनोट गरेर सम्याउने काम गरिरहेका छौं। केन्द्र सरकारले पठाएको त्रिपाल आउने बितिकै टाँगेर तयार गर्छौं।’

गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ। बाराको फेटा गाउँपालिकामा मात्रै चार यस बढी घर प्रभावित बनेका छन्।

आइबतार साँझको हुरीले घर भत्काउँदा चार सय बढी घाइते भए। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। रातभर ओत लाग्न नपाउँदा बालबालिकाहरू बढी प्रभावित भए। प्रभावित क्षेत्रको अवस्था निकै कष्ठकर छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...