Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

सेनाले अस्थायी टहरा निर्माण थाल्यो

spot_img
spot_img

बारा, १९ चैत ।

हावाहुरी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकामा नेपाली सेनाले पीडितका लागि अस्थायी टहरा निर्माण सुरु गरेको छ। फेटा गाउँपालिका १, ३ र ६ मा भत्किएका संरचना हटाएर सेनाले टहरा निर्माणको काम सुरु गरेको हो।

आँधीका कारण घरविहीन बनेका पीडितका लागि अस्थायी बसोबास गर्न टहरा निर्माण सुरु गरिएको नेपाली सेनाका मेजर चिरञ्जीवी बोहोराले जानकारी दिए। ‘अहिले भत्किएका संरचना हटाएर टहरा निर्माण गर्न सुरु गरिरहेका छौं। पीडितलाई ओत लाग्ने ठाउँसम्म छैन’, उनले भने, ‘हामीले बिहानैदेखि जग्गा छनोट गरेर सम्याउने काम गरिरहेका छौं। केन्द्र सरकारले पठाएको त्रिपाल आउने बितिकै टाँगेर तयार गर्छौं।’

गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार सशस्त्र प्रहरीको ट्रकमार्फत ४६८ वटा त्रिपाल बारा र पर्सातर्फ पठाएको छ। बाराको फेटा गाउँपालिकामा मात्रै चार यस बढी घर प्रभावित बनेका छन्।

आइबतार साँझको हुरीले घर भत्काउँदा चार सय बढी घाइते भए। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। रातभर ओत लाग्न नपाउँदा बालबालिकाहरू बढी प्रभावित भए। प्रभावित क्षेत्रको अवस्था निकै कष्ठकर छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...