Date
आइत, असार २८, २०८३
Sun, July 12, 2026

प्रधानमन्त्री ओली हवाहुरी प्रभावित क्षेत्रको निरिक्षण गरे पछि नारायणी अस्पताल पनि पुगे

spot_img
spot_img

वीरगंज, १८ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओली हवाहुरी प्रभावित क्षेत्रको निरिक्षण गरेका छन । झापाबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमबार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटा गाउँपालिकोको हेलिकोप्टरबाट निरीक्षण गरेका छन । त्यस पछि वीरगंजको नारायणी अस्पताल र बाराको कलैया अस्पतालमा पुगी प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरीबाट प्रभावित बारा र पर्साका घाइतेलाई भेट गरेका हुन् ।

सोमबार हेलिकोप्टरबाट बारा र पर्सा पुगेका उनले त्यहाँका अस्पतालमा उपचाररत घाइतेसँग भेट गरेका हुन् । बाराको कलैया अस्पतालमा उपचाररत घाइतेलाई भेटेर प्रधानमन्त्री ओली वीरगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा उपचाररत विरामीलाई भेट गरेका हुन् ।

त्यहाँबाट उनी काठमाडौं फर्किने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई पनि वीरगञ्ज पुगेका थिए ।

प्रधानमन्त्री चढेको हेलिकोप्टर हवाइ निरीक्षणपछि कलैयास्थित सेनाको क्याम्पमा अवतरण भयो । त्यहाँ प्रधानमन्त्रीले हावाहुरीबाट भएको क्षति, उद्धार तथा राहतमा भइरहेको प्रयासबारे ‘ब्रिफिङ’ लिएका छन् ।

प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोलीलाई बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको अवस्थाबारे जानकारी गराएका छन् । यसक्रममा आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ । नाराणी अस्पताल पुगेका प्रधानमन्त्री संगै प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउत गद्दी पनि थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ठूलो बाघमोर्चामा लामा नाचको रौनक, तामाङ संस्कृतिको अनुपम प्रदर्शन

सेढवा । पर्साको ठोरी गाउँपालिका–५ स्थित ठूलो बाघमोर्चामा तामाङ समुदायको आयोजनामा परम्परागत लामा नाच (झाँकी) तथा धार्मिक पूजाआजा कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको...

सोलखपुरमा छठघाट उद्घाटन, स्थानीयको वर्षौं पुरानो सपना साकार

वीरगंज । वीरगंज महानगरपालिका–३१ सोलखपुरमा निर्माण सम्पन्न भएको आधुनिक छठीघाटको आइतबार एक भव्य समारोहबीच उद्घाटन गरिएको छ । वडा कार्यालयको विनियोजित बजेट तथा वीरगंज...

छठ घाटका लागि संकलन गरिएका बाँस र टाली चोरी

वीरगंज । वीरगंज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाट निर्माणका लागि संकलन गरी राखिएका करिब ६० वटा बाँस तथा करिब ३ लाख रुपैयाँ बराबरको टाली...