Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

प्रधानमन्त्री ओली हवाहुरी प्रभावित क्षेत्रको निरिक्षण गरे पछि नारायणी अस्पताल पनि पुगे

spot_img
spot_img

वीरगंज, १८ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओली हवाहुरी प्रभावित क्षेत्रको निरिक्षण गरेका छन । झापाबाट बारा आइपुगेका प्रधानमन्त्री ओलीले सोमबार दिउँसो हावाहुरीबाट सबैभन्दा बढी प्रभावित फेटा गाउँपालिकोको हेलिकोप्टरबाट निरीक्षण गरेका छन । त्यस पछि वीरगंजको नारायणी अस्पताल र बाराको कलैया अस्पतालमा पुगी प्रधानमन्त्री केपी शर्मा ओलीले हावाहुरीबाट प्रभावित बारा र पर्साका घाइतेलाई भेट गरेका हुन् ।

सोमबार हेलिकोप्टरबाट बारा र पर्सा पुगेका उनले त्यहाँका अस्पतालमा उपचाररत घाइतेसँग भेट गरेका हुन् । बाराको कलैया अस्पतालमा उपचाररत घाइतेलाई भेटेर प्रधानमन्त्री ओली वीरगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा उपचाररत विरामीलाई भेट गरेका हुन् ।

त्यहाँबाट उनी काठमाडौं फर्किने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई पनि वीरगञ्ज पुगेका थिए ।

प्रधानमन्त्री चढेको हेलिकोप्टर हवाइ निरीक्षणपछि कलैयास्थित सेनाको क्याम्पमा अवतरण भयो । त्यहाँ प्रधानमन्त्रीले हावाहुरीबाट भएको क्षति, उद्धार तथा राहतमा भइरहेको प्रयासबारे ‘ब्रिफिङ’ लिएका छन् ।

प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोलीलाई बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको अवस्थाबारे जानकारी गराएका छन् । यसक्रममा आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ । नाराणी अस्पताल पुगेका प्रधानमन्त्री संगै प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउत गद्दी पनि थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...