Date
बुध, असार १०, २०८३
Wed, June 24, 2026

भीषण हवाहुरीले बारा–पर्सामा मृत्यु भएका २७ जनाको सनाखत, ३४३ जना घाइते (नमावली सहित)

spot_img
spot_img

वीरगंज, १८ चैत ।
प्रदेश नं. २ को बारा–पर्सामा आइतबार राती गएको भीषण हावाहुरीमा ज्यान गुमाउनेको सूची गृह मन्त्रालले सार्वजनिक गरेको छ । सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची सोमबार दिउँसो गृहमन्त्रालयले सार्वजनिक गरेको हो । सूची अनुसार, ज्यान गुमाउनेमा १२ जना पुरुष, १० महिला र ५ जना बालबालिका छन् ।

हाल २७ जनाको मात्रै सनाखत भएको गृहले जनाएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सुचि अनुसार पर्सामा एक जनाको र बारामा २६ जनाको मृत्यु भएकाहरुको सनाखत भएको हो । जस अनुसार पर्साको वीरगंज महानगरपालिकाको वडा नं. १८ का १८ बर्षिय सुरोज रामको मृत्यु भएको छ ।

बारामा फेटा गाउँपालिकाको वडा नं. १, भलुहिका ५५ बर्षिय हरिनारायण दास, ४५ बर्षिय मनोरमा देवी, २४ बर्षिय रुनि देबी र ६ बर्षिय नन्द पटेलको मृत्यु भएको छ । यस्तै फेटा गाउँपालिका वडा नं. ६, पुरैनियाकी १२ बर्षिय रुवि खातुन, २५ बर्षिय विविमा खातुन, ५० बर्षिय मुस्तकिमा खातुन, २५ बर्षिय मिना खातुन, ११ बर्षिय नोक्सारा मियाँ, ४ बर्षिय अलिसा खातुन, ४० बर्षिय सकिया खातुन, १२ बर्षिय सम्सिधा खातुन र १८ बर्षिय सबनम खातुनको मृत्यु भएको छ ।

यस्तै भवानीपुर गाउँपालिका वडा नं. १ का ४५ बर्षिय राम माझी, ४ बर्षिय सुरज माझीको मृत्यु भएको छ । यस्तै कलैया उपमहानगरपालिका वडा नं. १८ की ५० बर्षिय गढिया देवी, प्रसौनी गाउँपालिका वडा नं. ५ का ५५ बर्षिय अक्षेलाल माझी, सुर्वण गाउँपालिका वडा नं. ८ की तरिफा खातुन, सुवर्ण गाउँपालिका वडा नं. ४ का ६५ बर्षिय श्रिप्रसाद प्रसाद यादव, महागढीमाई नगरपालिका वडा नं. ७ की ७५ बर्षिय कोइरी देवीको मृत्यु भएको छ ।

यस्तै भारत मोतिहारीका हितलाल सहनी, मोतिहारी कालुपकरका २२ बर्षिय राजेश मुखिया, सितामढि वोक्ता ५ का २३ बर्षिय अवधेश पासवान र उपी बरेलिया लालगंज खिरीका ४१ बर्षिय राधे लोडीको मृत्यु भएको छ । मृतक राजेश र अवेधेश काजल इटा भाटा धर्मनगर र राधे नविन इटा भटामा काम गर्दै थिए ।

विनाशकारी हवाहुरीले ३४३ जना घाइते भएका छन । वीरगंजको नारायणी अस्पतालमा १ सय १६ जना, नेशनल मेडिकल कलेजमा एक सय जना, गण्डक अस्पतालमा २८ जना, वीरगंज हेल्थ केयरमा ३९ जना, एडभान्स अस्पतालमा २० जना र तराई अस्पतालमा २ जनाको उपचार भइरहेको छ भने कलैया अस्पतालमा ३८ जनाको उपचार भइरहेको छ ।

 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...

मुखदेव सुशिला प्राविधिक माविमा छात्रवृत्ति अन्तर्गत विद्यार्थीलाई पोशाक वितरण

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित श्री मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयमा छात्रवृत्ति कार्यक्रम अन्तर्गत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको...