Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

बारा, पर्सामा हावाहुरीले ठूलो क्षति, मृत्यु हुने संख्या ३० पुग्यो, अझै पनि उदार कार्य जारी

spot_img
spot_img

वीरगंज, १८ चैत ।

आइतबार साँझ आएको हावाहुरीले बारामा ठूलो मानवीय क्षति पुगेको छ । बारामा २९ जनाको ज्यान गएको छ । यसैगरी पर्सामा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार अहिलेसम्म जिल्लामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ । तिन सयभन्दा धेरै घाइते भएका छन् । घाइतेको उद्दारको काम रातिदेखि नै भैरहेको र बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । अहिले पनि उदार कार्य जारी रहेको छ ।

यसैगरी पर्सामा पनि हावाहुरीले धनजनको क्षति पुर्याएको छ । त्यहाँ एकजनाको ज्यान गएको पुष्टि भएको छ ।

बाराको फेटामा हावाहुरीले एक इँटा भट्टाको चिम्नी लडाउँदा च्यापिएर तीन जनाको ज्यान गएको छ । त्यस्तै गुडिरहेको गाडी हावाले पल्टाउँदा दुई जनाको ज्यान गएको छ ।

हावाहुरीका कारण सयौँ बिजुलीका पोल ढलेको स्थानिय प्रशासनले जनाएको छ । यस्तै घरहरु पनि भत्किएका छन् ।

उद्दारमा नेपाली सेना, नेपा प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन । घाइतेहरुको वीरगंजको नारायणी अस्पतला, वीरगंज हेल्थ केयर, नेशनल मेडिकल क्लेज लगायतका अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पनी बिरामीको चापले भरीभराउ भएको छ । रक्त संचार केन्द्रमा रक्तको अभाव भएको छ ।

विनशकारी हवाहुरीले बाराको भलुवही र भरवलिया बढी प्रभावित भएको बाराको प्रमुख जिल्ला अधिकारी राजेश पौडले वताए । करिब आधाँ घण्टा सम्म चल्लेको हावाले बारा, पर्साको ठूलो जनधनको क्षति गरेको छ अझै थप थप विवरण आउने क्रम जारी रहेको छ । हावाहुरीका कारण बारा, पर्साको विधुत पनि अवरुध भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...