Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

बारा, पर्सामा हावाहुरीले ठूलो क्षति, मृत्यु हुने संख्या ३० पुग्यो, अझै पनि उदार कार्य जारी

spot_img
spot_img

वीरगंज, १८ चैत ।

आइतबार साँझ आएको हावाहुरीले बारामा ठूलो मानवीय क्षति पुगेको छ । बारामा २९ जनाको ज्यान गएको छ । यसैगरी पर्सामा एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार अहिलेसम्म जिल्लामा हावाहुरीका कारण ज्यान गुमाउनेको संख्या २९ पुगेको छ । तिन सयभन्दा धेरै घाइते भएका छन् । घाइतेको उद्दारको काम रातिदेखि नै भैरहेको र बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । अहिले पनि उदार कार्य जारी रहेको छ ।

यसैगरी पर्सामा पनि हावाहुरीले धनजनको क्षति पुर्याएको छ । त्यहाँ एकजनाको ज्यान गएको पुष्टि भएको छ ।

बाराको फेटामा हावाहुरीले एक इँटा भट्टाको चिम्नी लडाउँदा च्यापिएर तीन जनाको ज्यान गएको छ । त्यस्तै गुडिरहेको गाडी हावाले पल्टाउँदा दुई जनाको ज्यान गएको छ ।

हावाहुरीका कारण सयौँ बिजुलीका पोल ढलेको स्थानिय प्रशासनले जनाएको छ । यस्तै घरहरु पनि भत्किएका छन् ।

उद्दारमा नेपाली सेना, नेपा प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका छन । घाइतेहरुको वीरगंजको नारायणी अस्पतला, वीरगंज हेल्थ केयर, नेशनल मेडिकल क्लेज लगायतका अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पनी बिरामीको चापले भरीभराउ भएको छ । रक्त संचार केन्द्रमा रक्तको अभाव भएको छ ।

विनशकारी हवाहुरीले बाराको भलुवही र भरवलिया बढी प्रभावित भएको बाराको प्रमुख जिल्ला अधिकारी राजेश पौडले वताए । करिब आधाँ घण्टा सम्म चल्लेको हावाले बारा, पर्साको ठूलो जनधनको क्षति गरेको छ अझै थप थप विवरण आउने क्रम जारी रहेको छ । हावाहुरीका कारण बारा, पर्साको विधुत पनि अवरुध भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...