वीरगंज,१७ चैत ।
वीरगंज महानगरपालिकाका कर्मचारीहरु दुई महिना नवितिदै पुनः आन्दोलित भएका छन् । बोर्डले गरेको निर्णय कार्यान्वयन नभएको कारण कर्मचारीहरु पुन आन्दोलनमा उत्रिएका छन् ।
कर्मचारीहरुले आ आफ्m्नो शाखा कार्यालयमा तालाबन्दी गरी महानगरपालिकाको कामकाज ठप्प पारेका छन् । स्थानीय तह कर्मचारी संघ नेपाल तथा नेपाल नगरपालिका कर्मचारी एशोसिएसनमा आवद्ध कर्मचारीहरु आन्दोलित भएका छन् ।
नगरपालिकामा रहेका बारुण यन्त्र, विहानको एक पटक सरसफाइ, शिक्षा, स्वास्थ्य चौकी र लामखुट्टे नियन्त्रणका लागि भइरहेको कार्य बाहेकका अन्य सबै कामकाज ठप्प पारेका छन् ।
आइतबार बिहानैदेखि कर्मचारीहरु धर्नामा बसेका कारण विभिन्न काम लिएर महानगरपलिाकामा पुगेका सेवाग्राहीहरु मर्कामा परेका छन् ।
गत पुस १९ गतेदेखि कर्मचारीहरुले महानगरपालिकाको कामकाज नै ठप्प पारेर आन्दोलन गरेपछि महानगरपािलकाले वार्ता समिति गठन गरेको थियो ।
महागनरपालिकाको कार्यपालिका सदस्य अरविन्दप्रसाद गुप्ता नेतृत्वको वार्ता टोली र आन्दोलनरत कर्मचारीहरुबीच भएको वार्तामा ६ बुँदे सहमति भएको थियो ।
वार्तामा संगठन तालिका र कर्मचारी दरबन्दी, तह वृद्धिरवृत्ति विकास, स्थानीय तह कर्मचारी सेवा ऐन निर्माण, कर्मचारीहरु नियुक्ति गर्दा आवश्यकता र औचित्यताको आधारमा सामाजिक परिचालकहरुलाई प्राथमिकता दिने, समायोजन भइ आउने कर्मचारीहरुको तलब, भत्तालगायतका सुविधाका बारेमा खुलाई पठाउन सरकारसँग माग गर्ने र नियमित काममा र्फकने सहमति भएको थियो । तर, अहिलेसम्म सहमति कार्यान्वयन नभएको कर्मचारीको गुनासो छ ।
महानगरपालिकाका कर्मचारीहरु दुई महिना नवितिदै पुनः आन्दोलित
