Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

महानगरपालिकाका कर्मचारीहरु दुई महिना नवितिदै पुनः आन्दोलित

spot_img
spot_img

वीरगंज,१७ चैत ।
वीरगंज महानगरपालिकाका कर्मचारीहरु दुई महिना नवितिदै पुनः आन्दोलित भएका छन् । बोर्डले गरेको निर्णय कार्यान्वयन नभएको कारण कर्मचारीहरु पुन आन्दोलनमा उत्रिएका छन् ।
कर्मचारीहरुले आ आफ्m्नो शाखा कार्यालयमा तालाबन्दी गरी महानगरपालिकाको कामकाज ठप्प पारेका छन् । स्थानीय तह कर्मचारी संघ नेपाल तथा नेपाल नगरपालिका कर्मचारी एशोसिएसनमा आवद्ध कर्मचारीहरु आन्दोलित भएका छन् ।
नगरपालिकामा रहेका बारुण यन्त्र, विहानको एक पटक सरसफाइ, शिक्षा, स्वास्थ्य चौकी र लामखुट्टे नियन्त्रणका लागि भइरहेको कार्य बाहेकका अन्य सबै कामकाज ठप्प पारेका छन् ।
आइतबार बिहानैदेखि कर्मचारीहरु धर्नामा बसेका कारण विभिन्न काम लिएर महानगरपलिाकामा पुगेका सेवाग्राहीहरु मर्कामा परेका छन् ।
गत पुस १९ गतेदेखि कर्मचारीहरुले महानगरपालिकाको कामकाज नै ठप्प पारेर आन्दोलन गरेपछि महानगरपािलकाले वार्ता समिति गठन गरेको थियो ।
महागनरपालिकाको कार्यपालिका सदस्य अरविन्दप्रसाद गुप्ता नेतृत्वको वार्ता टोली र आन्दोलनरत कर्मचारीहरुबीच भएको वार्तामा ६ बुँदे सहमति भएको थियो ।
वार्तामा संगठन तालिका र कर्मचारी दरबन्दी, तह वृद्धिरवृत्ति विकास, स्थानीय तह कर्मचारी सेवा ऐन निर्माण, कर्मचारीहरु नियुक्ति गर्दा आवश्यकता र औचित्यताको आधारमा सामाजिक परिचालकहरुलाई प्राथमिकता दिने, समायोजन भइ आउने कर्मचारीहरुको तलब, भत्तालगायतका सुविधाका बारेमा खुलाई पठाउन सरकारसँग माग गर्ने र नियमित काममा र्फकने सहमति भएको थियो । तर, अहिलेसम्म सहमति कार्यान्वयन नभएको कर्मचारीको गुनासो छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...