Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

होली पर्वको रौनक विस्तारै हराउन थाले

चैत्र ४ पर्सा
वीरगंजवाट महिला सञ्चारकर्मीहरुको सक्रियतामा सञ्चालित मध्य नेपाल मिडिया प्रालिद्वारा होली मिलन समारोह समपन्न गरेको छ ।
सोमबार मध्य नेपाल मिडिया प्रालिका कविता खड्काको सभापतित्वमा आयोजित होली मिलन समाहरोमा सहभागी वक्क्ताहरुवाट तराईमा सद्भावको प्रतीकका रूपमा मनाइने होली पर्वको रौनक विस्तारै हराउन थालेको चिन्ता व्यक्त गरेका थिए । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईको गाऊँघर, टोल छिमेकमा गाइने मधुर्यता र प्रेमभावपुर्ण होरी गित गाऊँने चलन हराउन थालेकाले यसको जगेर्ना गर्न स्थानीय निकाय लाग्नुपर्नेमा जोड दिएको थियो ।
आध्यात्मिक विशिष्टता, जीवनको उमंग, ऊर्जा, संस्कृतिको प्रभाव, परम्पराको आधार, पिरती तथा उन्मुक्ति लुकेको गित आजको आधुनिक समाजमा समेत उतिकै मनमोहक भएकाले यसमा स्थानीय निकायले स्थानीय कलाकार, गितकारहरुको प्रत्साहन जस्ता भिन्न किसिमका कार्यक्रमहरु ल्याउनुपर्ने उपस्थितिहरुको धारणा थियो ।
‘जोगिरा सर…र…र… कौन तालपर ढोलक बाजे, कौन ताल मृदंग….कौन तालपर गारिया नाचे, कौन तालपर हम’ जस्ता गीत आधुनिकताले समाप्त पारिसकेकाले यसको जगेर्ना गर्न आजको आवश्यक्ता रहेको सहभागिहरुले बताएका थिए ।
सांस्कृतिक एवं ऐतिहासिक पर्व फागुले होलीको पौराणिकता, दिनहँजसो हुने झै–झगडा, राग द्वेषका कारण होली गीत टोल छिमेकमा गुञ्जन छाडेकोमा चिन्ता व्यक्त गरिएको थियो ।
‘पहिले पहिले बूढापाकाहरू रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदंग, ढोल लिएर समूहगत रूपमा होली गीत गाउँदै होली लागेको जानकारी दिने गरिन्थ्यो’ त्यो समय आधुनिकताले छोपिसकेकोमा संघिय समाजवादी फोरम नेपाल पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवको समेत चिन्ता थियो ।
पानीटंकी ८ स्थित मध्य नेपाल मिडिया कार्यालयको प्राङ्गणमा आयोजना गरेको होली मिलन समारोहमा प्रदेश सभा सदस्य प्रहलाद गिरी, करीमा बेगम, नेपाल पत्रकार महासंघका प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने, उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, प्रध्यापक दिपक शाक्य, नन्दन यादव, भिजिट मधेशका संयोजक ओमप्रकाश सरार्फ, युवा नेता प्रभाकर गुप्ता, तबरेज अहमद, हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादव, ब्यूटिशियन सुमित्रा सापकोटा, मनोजा चौधरी, शिक्षक दिगम्बर थापा, डा. वैज्ञानीक गणेश अग्रवाल, स्थानीय सञ्चारकर्मी महेशचन्द्र गौतम, रितेश क्रिपाठी, विजय भण्डारी, राम सरार्फ, लक्ष्मी खरेल, निलिमा पौडेल, माधुरी महतो, शेखर छतकुली, सानो पाईलाका जय साह लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...