Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

होली पर्वको रौनक विस्तारै हराउन थाले

spot_img
spot_img

चैत्र ४ पर्सा
वीरगंजवाट महिला सञ्चारकर्मीहरुको सक्रियतामा सञ्चालित मध्य नेपाल मिडिया प्रालिद्वारा होली मिलन समारोह समपन्न गरेको छ ।
सोमबार मध्य नेपाल मिडिया प्रालिका कविता खड्काको सभापतित्वमा आयोजित होली मिलन समाहरोमा सहभागी वक्क्ताहरुवाट तराईमा सद्भावको प्रतीकका रूपमा मनाइने होली पर्वको रौनक विस्तारै हराउन थालेको चिन्ता व्यक्त गरेका थिए । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईको गाऊँघर, टोल छिमेकमा गाइने मधुर्यता र प्रेमभावपुर्ण होरी गित गाऊँने चलन हराउन थालेकाले यसको जगेर्ना गर्न स्थानीय निकाय लाग्नुपर्नेमा जोड दिएको थियो ।
आध्यात्मिक विशिष्टता, जीवनको उमंग, ऊर्जा, संस्कृतिको प्रभाव, परम्पराको आधार, पिरती तथा उन्मुक्ति लुकेको गित आजको आधुनिक समाजमा समेत उतिकै मनमोहक भएकाले यसमा स्थानीय निकायले स्थानीय कलाकार, गितकारहरुको प्रत्साहन जस्ता भिन्न किसिमका कार्यक्रमहरु ल्याउनुपर्ने उपस्थितिहरुको धारणा थियो ।
‘जोगिरा सर…र…र… कौन तालपर ढोलक बाजे, कौन ताल मृदंग….कौन तालपर गारिया नाचे, कौन तालपर हम’ जस्ता गीत आधुनिकताले समाप्त पारिसकेकाले यसको जगेर्ना गर्न आजको आवश्यक्ता रहेको सहभागिहरुले बताएका थिए ।
सांस्कृतिक एवं ऐतिहासिक पर्व फागुले होलीको पौराणिकता, दिनहँजसो हुने झै–झगडा, राग द्वेषका कारण होली गीत टोल छिमेकमा गुञ्जन छाडेकोमा चिन्ता व्यक्त गरिएको थियो ।
‘पहिले पहिले बूढापाकाहरू रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदंग, ढोल लिएर समूहगत रूपमा होली गीत गाउँदै होली लागेको जानकारी दिने गरिन्थ्यो’ त्यो समय आधुनिकताले छोपिसकेकोमा संघिय समाजवादी फोरम नेपाल पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवको समेत चिन्ता थियो ।
पानीटंकी ८ स्थित मध्य नेपाल मिडिया कार्यालयको प्राङ्गणमा आयोजना गरेको होली मिलन समारोहमा प्रदेश सभा सदस्य प्रहलाद गिरी, करीमा बेगम, नेपाल पत्रकार महासंघका प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछाने, उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, प्रध्यापक दिपक शाक्य, नन्दन यादव, भिजिट मधेशका संयोजक ओमप्रकाश सरार्फ, युवा नेता प्रभाकर गुप्ता, तबरेज अहमद, हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादव, ब्यूटिशियन सुमित्रा सापकोटा, मनोजा चौधरी, शिक्षक दिगम्बर थापा, डा. वैज्ञानीक गणेश अग्रवाल, स्थानीय सञ्चारकर्मी महेशचन्द्र गौतम, रितेश क्रिपाठी, विजय भण्डारी, राम सरार्फ, लक्ष्मी खरेल, निलिमा पौडेल, माधुरी महतो, शेखर छतकुली, सानो पाईलाका जय साह लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...