Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरीमा रहेका आखा अस्पताललाई ग्रामिण एरिया कै नमुना केन्द्रको रुपमा विकास गरिने

spot_img
spot_img

मेघराज राय/जिराभवानी ।

ठोरी गाउँपालिकाको वडा नम्बर २ मा बनेको आँखा उपचार केन्द्रलाई नेपालकै आँखा अस्पतालहरुको केन्द्रको रुपमा विकास गरिने सेवा क्यानडा तथा सेवा फाउण्डेसन क्यानडाका बोर्ड मेम्बर तथा वरिष्ठ आँखारोग विशेषज्ञ डा. मार्टिन स्पेन्सरले बताएका छन् । ठोरी गाउँपालिका २ गौतमनगरमा रहेको ठोरी आँखा उपचार केन्द्रको नवनिर्मित भवनको आज उद्घाटन गर्दै डा. मार्टिनले ठोरी आँखा उपचार केन्द्रलाई नमुना उपचार केन्द्र बनाउने बताएका हुन् ।

बिहिवार अयोजित भवन उद्घाटन कार्यक्रममा नेपाल नेत्र ज्योति संघका केन्द्रिय कोषाध्यक्ष चीजकुमार मास्के, ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ र डा.मार्टिनले आँखा उपचार केन्द्रका दुईवटा पक्की भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाल नेत्र ज्योति संघका कोषाध्यक्ष मास्केले ठोरीबासी तथा छिमेकी ठाउँहरुका स्थानीय र अस्पतालका कर्मचारीहरुको सहयोगले अस्पताल सञ्चालन गर्न सजिलो भएको भन्दै आगामी दिनहरुमा पनि सललाह, सुझाव र सहयोगको खाँचो रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ठोरीको आँखा उपचार केन्द्र नमुना आँखा उपचार केन्द्रको रुपमा विकास हुने बाटोमा अघि बढिरहेकोले ठोरी गाउँपालिकाले आवश्यक सहयोग गरी थप सेवा प्रदान गर्न सक्षम बन्ने बिश्वास व्यक्त गरेका थिए । ४ वर्षदेखि ठोरी २ गौतमनगरमा रहेको सरस्वती माविको भवन भाडामा लिएर आँखा अस्पताल सञ्चालन भईरहेको थियो ।

४ वर्ष यता नेपाल तथा भारतका गरी करीब २० हजार भन्दा बढी आँखा रोगीहरुलाई सेवा प्रवाह गरिसकेको कार्यक्रममा बताईएको थियो । कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ, नेपाल नेत्रज्योति संघका कोषध्यक्ष चीजकुमार मास्के, वरिष्ठ आखारोग विशेषज्ञ डा. मार्टिन स्पेन्सर, ठोरी १ का वडाध्यक्ष रामप्रकाश कुँवर, २ का वडाध्यक्ष किशोर तामाङ, ३ का वडाध्यक्ष सुर्य लामा, नेपाली काँग्रेसका पर्सा जिल्ला सदस्य राम बहादुर श्रेष्ठ, सरस्वती मावि गौतमनगरका प्रधानाध्यापक केशव प्रसाद रेग्मी, ओडार माविका प्रधानाध्यापक भुपाल जोशी, ठोरीका पत्रकार प्रेम लामा लगायत नेपाल तथा भारतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...