Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

ठोरीमा रहेका आखा अस्पताललाई ग्रामिण एरिया कै नमुना केन्द्रको रुपमा विकास गरिने

spot_img
spot_img

मेघराज राय/जिराभवानी ।

ठोरी गाउँपालिकाको वडा नम्बर २ मा बनेको आँखा उपचार केन्द्रलाई नेपालकै आँखा अस्पतालहरुको केन्द्रको रुपमा विकास गरिने सेवा क्यानडा तथा सेवा फाउण्डेसन क्यानडाका बोर्ड मेम्बर तथा वरिष्ठ आँखारोग विशेषज्ञ डा. मार्टिन स्पेन्सरले बताएका छन् । ठोरी गाउँपालिका २ गौतमनगरमा रहेको ठोरी आँखा उपचार केन्द्रको नवनिर्मित भवनको आज उद्घाटन गर्दै डा. मार्टिनले ठोरी आँखा उपचार केन्द्रलाई नमुना उपचार केन्द्र बनाउने बताएका हुन् ।

बिहिवार अयोजित भवन उद्घाटन कार्यक्रममा नेपाल नेत्र ज्योति संघका केन्द्रिय कोषाध्यक्ष चीजकुमार मास्के, ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ र डा.मार्टिनले आँखा उपचार केन्द्रका दुईवटा पक्की भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाल नेत्र ज्योति संघका कोषाध्यक्ष मास्केले ठोरीबासी तथा छिमेकी ठाउँहरुका स्थानीय र अस्पतालका कर्मचारीहरुको सहयोगले अस्पताल सञ्चालन गर्न सजिलो भएको भन्दै आगामी दिनहरुमा पनि सललाह, सुझाव र सहयोगको खाँचो रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ठोरीको आँखा उपचार केन्द्र नमुना आँखा उपचार केन्द्रको रुपमा विकास हुने बाटोमा अघि बढिरहेकोले ठोरी गाउँपालिकाले आवश्यक सहयोग गरी थप सेवा प्रदान गर्न सक्षम बन्ने बिश्वास व्यक्त गरेका थिए । ४ वर्षदेखि ठोरी २ गौतमनगरमा रहेको सरस्वती माविको भवन भाडामा लिएर आँखा अस्पताल सञ्चालन भईरहेको थियो ।

४ वर्ष यता नेपाल तथा भारतका गरी करीब २० हजार भन्दा बढी आँखा रोगीहरुलाई सेवा प्रवाह गरिसकेको कार्यक्रममा बताईएको थियो । कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ, नेपाल नेत्रज्योति संघका कोषध्यक्ष चीजकुमार मास्के, वरिष्ठ आखारोग विशेषज्ञ डा. मार्टिन स्पेन्सर, ठोरी १ का वडाध्यक्ष रामप्रकाश कुँवर, २ का वडाध्यक्ष किशोर तामाङ, ३ का वडाध्यक्ष सुर्य लामा, नेपाली काँग्रेसका पर्सा जिल्ला सदस्य राम बहादुर श्रेष्ठ, सरस्वती मावि गौतमनगरका प्रधानाध्यापक केशव प्रसाद रेग्मी, ओडार माविका प्रधानाध्यापक भुपाल जोशी, ठोरीका पत्रकार प्रेम लामा लगायत नेपाल तथा भारतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...