Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

ट्रयाक्टरको पांग्रा फुत्किदा सखुवाप्रसौनीका ओभरसियरको मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज पोखरिया सडकखण्ड विन्दवाशिनीमा ट्रयाक्टरको पांग्रा फुत्किदा एकको मृत्यु भएको छ । वीरगंजवाट पोखरिया तर्फ जादै गरेको ना ३ त ३६९३ नम्बरको ट्रयाक्टरले विपरीत दिशाबाट आउदै गरेको ना १ ब २६२६ नम्बरको मोटरसाइकलाई दिदाँ दीपेन्द्र गुरुङ गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते गुरुङलाई उपचारका लागी वीरगंज स्थित एल एस न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रममा गएराति १ बजे गुरुङको निधन भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । मृत्यु हुने मकवानपुर हेटौंडानिवासी दीपेन्द्र गुरुङे सखुवाप्रसौनी गाउँपालिकाका ओभसियर हुन् ।

करार सेवामा गाउँपालिकामा कार्यरत गुरुङ कार्यालयको काम सकेर वीरगंज आउने क्रममा ट्रयाक्टरको पाङ्ग्रा फुत्किएर उनलाई ठक्कर दिएको थियो । ट्रयाक्टर चालक फरार रहेका छन् भने ट्याक्टरलाई इलाका प्रहरी कार्यालय पोखरियाले आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बालप्रतिभाको रंगमञ्च बन्दै वीरगन्ज, पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगन्जको संयुक्त आयोजनामा प्री–प्राइमरी तहका विद्यार्थीलाई लक्षित गरी पहिलोपटक अन्तरविद्यालयस्तरीय ‘प्याब्सन राइम्स फेस्ट २०८३’ आयोजना हुने भएको छ। आगामी...

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको...

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...