Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

पूर्व गाविस अध्यक्ष लामा सहित एक सय जना भन्दा बढीद्वारा राजपा प्रवेश

spot_img
spot_img

मेघराज राय/जिराभवानी ।

पर्सा ठोरी गाउँपालिकाको वडा नम्बर ५ सुवर्णपुरमा राष्ट्रिय जनता पार्टी (राजपा) ले आज पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । राजपाका सह अध्यक्ष तथा पर्सा निर्वाचन क्षेत्र नं. ४ का संघीय संसद सदस्य लक्ष्यमणलाल कर्णको हातबाट टिका लगाई साविक सुवर्णपुर गाविसका पूर्व गाविस अध्यक्ष जरी लामा सहित नेपाली काँग्रेस तथा नेकपाका नेता कार्यकर्ता राजपामा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसबाट राजपामा प्रवेश गर्नेहरुमा सुवर्णपुर गाविसका पूर्व गाविस अध्यक्ष जरी लामा, भीम बहादुर पाख्रिन, हरी चौलागाई, विष्णु बुढाथोकी, रमेश थिङ लामा, सुनिल लामा लगायत रहेको र नेकपाबाट राजपामा प्रवेश गर्नेहरुमा पुर्व नेकपा माओबादीका केन्द्रिय सदस्य शिरोमणी सापकोटा, सुन लामा, विमल प्रधान, चन्द्र बहादुर नेवार, डुक्पा लामा, बाबुराम बुढाथोकी, कमला पौडेल, मगनी शाह लगायत दुवै पार्टीबाट गरी करीब डेढ सय नेता कार्यकर्ता प्रवेश गरेको राजपाका पर्सा जिल्ला समितका सचिव राजेश शाहले बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाबाट राजपामा प्रवेश गरेका नवप्रवेशी शिरोमणी सपकोटाले नेकपाकोले सरकार भ्रष्टचारमा लिप्त भएकोले आफू राजपामा प्रवेश गरेको बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै राजपाका केन्द्रिय सदस्यहरुले सुवर्णपुरमा पहिले झण्डा बोक्ने मान्छे नभएको तर अहिले राजपाको लोकप्रियता बढ्दै गएकोले गर्वको महशुस गरेको बताएका छन् ।

राजपाका पर्सा जिल्ला अध्यक्ष जगदिश पटेलको अध्यक्षतामा भएको कार्यक्रममा राजपाका केन्द्रिय, २ नम्बर प्रदेश तथा पर्सा जिल्लाका राजपाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...

मानव–बाघ सहअस्तित्वका लागि बाघ–मित्र अभियान प्रभावकारी

जनकपुरधाम । पर्सा राष्ट्रिय निकुञ्जमा मानव–बाघ सहअस्तित्व प्रवद्र्धनका लागि सञ्चालन गरिएको ‘बाघ–मित्र अभियान’ प्रभावकारी बन्दै गएको  छ । अभियानको प्रभावकारिता, उपलब्धि, चुनौती तथा आगामी...