Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

सशस्त्र प्रहरीद्वारा जीराभवानीबाट झन्डै ६० किलो गाँजा बरामद

spot_img
spot_img

मेघराज राय/जिराभवानी ।

सशस्त्र प्रहरीले पर्साको जीराभवानी गाउँपालिकाबाट आज अन्दाजी ६० किलोग्राम गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जानकीटोला भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठको नेतृत्वमा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलिले जीराभवानी गाउँपालिका ५ सखुवनियाबाट ३ बोरा अबैध लागु औषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठले जानकारी दिए ।

आज राति करीब ७:४५ बजेको समयमा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलिलाई देख्नेबित्तिकै तस्करहरु गाँजा छोडेर भागेका थिए ।रातको समय भएकाले तस्करहरुलाई पक्राउ गर्न नसकीएको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए ।बरामद गरिएको गाँजा भोलि बिहान आवश्यक प्रक्रिया पुर्याएर नेपाल प्रहरीको जिम्मा लगाइने निरीक्षक श्रेष्ठले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...