Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

सशस्त्र प्रहरीद्वारा जीराभवानीबाट झन्डै ६० किलो गाँजा बरामद

spot_img
spot_img

मेघराज राय/जिराभवानी ।

सशस्त्र प्रहरीले पर्साको जीराभवानी गाउँपालिकाबाट आज अन्दाजी ६० किलोग्राम गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट जानकीटोला भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठको नेतृत्वमा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलिले जीराभवानी गाउँपालिका ५ सखुवनियाबाट ३ बोरा अबैध लागु औषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सोम श्रेष्ठले जानकारी दिए ।

आज राति करीब ७:४५ बजेको समयमा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलिलाई देख्नेबित्तिकै तस्करहरु गाँजा छोडेर भागेका थिए ।रातको समय भएकाले तस्करहरुलाई पक्राउ गर्न नसकीएको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठले बताए ।बरामद गरिएको गाँजा भोलि बिहान आवश्यक प्रक्रिया पुर्याएर नेपाल प्रहरीको जिम्मा लगाइने निरीक्षक श्रेष्ठले जानकारी दिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...