Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

लायन्स र लियोद्वारा आयोजित मोटिवेश्नल तथा लाइफ चेंजिंग सेमिनार सम्पन्न

बिरगंज । लायन्स तथा लियो क्लब अफ वीरगंजको आयोजनामा वीरगंजमा मोटिवेश्नल सेमिनार सम्पन्न भएको छ । वीरगंज नगर सभा गृहमा शनिबार भएको मोटिवेश्नल तथा लाइफ चेंजिंग सेमिनारका मुख्य वक्ता अन्तरास्ट्रिय स्तरका वक्ता रमण नेपाली र नेकपाका युवा नेता रहबर अन्सारी रहेका थिए ।

- Advertisement -

वक्ताहरुले जीवनमा आइरहने बाधा अड्चनलाई समाधान गर्दै सुख दुःखलाई सन्तुलन गरि कसरि सधै खुशी हुन सकिन्छ र युवाहरुको नेतृत्व क्षमतालाई अभिवृद्धि बारे मोटिवेशन गरेका थिए । वक्ताहरुले युवाहरुलाई उत्प्रेरित गर्दै सधै हासी राख्ने र खुसी रहने कुरामा जोड दिएका थिए ।

सेमिनारमा सहभागि विद्यार्थीहरुले कार्यक्रमबाट आफु भित्र लुकेको क्षमता आगाडी बढाउन सकिने र पहिला आफुबाट सकारात्मक सोचको सुरुवात सफलता पाइने वताएका थिए । सेमिनारबाट आफुले कसरी नेतृत्व गर्न सकिने र आफु संगै नकारात्मक सोच हटाउन सहज भएको अनुराग तिवारीले वताए । लायन्स क्लब अफ वीरगंजका अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षतामा र बिरगंजका उधोगि, इन्जिनियर, लायन संजय खेतानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता सोभाकर पराजुली, आई.एस.टी. क्लेज काठमाण्डौका निर्देशक राजेन्द्र कोइराला, बिक्रमराज पौडेल, आदीवासी जनजाति महासंघ प्रदेश नं. २ का अध्यक्ष निरज पिठाकोठे मगर, गैसस महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निशान थापा, कार्यक्रम संयोजक लायन छेदुप लामा, लियो क्लबका पुर्व अध्यक्ष सरिता खड्गी, दिपेन्द्र यादव, रिषभ अग्रवाल, सचिव मेराजुल हवारी लगायतकाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन विधार्थि नेता शिवम साहले गरेका थिए । लाायन्स र लियो क्लबले संयुक्त रुपमा बिगत ३ बर्ष देखि निरन्तर यस्तो कार्यक्रम गर्दै आएको छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...