Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

लायन्स र लियोद्वारा आयोजित मोटिवेश्नल तथा लाइफ चेंजिंग सेमिनार सम्पन्न

spot_img
spot_img

बिरगंज । लायन्स तथा लियो क्लब अफ वीरगंजको आयोजनामा वीरगंजमा मोटिवेश्नल सेमिनार सम्पन्न भएको छ । वीरगंज नगर सभा गृहमा शनिबार भएको मोटिवेश्नल तथा लाइफ चेंजिंग सेमिनारका मुख्य वक्ता अन्तरास्ट्रिय स्तरका वक्ता रमण नेपाली र नेकपाका युवा नेता रहबर अन्सारी रहेका थिए ।

वक्ताहरुले जीवनमा आइरहने बाधा अड्चनलाई समाधान गर्दै सुख दुःखलाई सन्तुलन गरि कसरि सधै खुशी हुन सकिन्छ र युवाहरुको नेतृत्व क्षमतालाई अभिवृद्धि बारे मोटिवेशन गरेका थिए । वक्ताहरुले युवाहरुलाई उत्प्रेरित गर्दै सधै हासी राख्ने र खुसी रहने कुरामा जोड दिएका थिए ।

सेमिनारमा सहभागि विद्यार्थीहरुले कार्यक्रमबाट आफु भित्र लुकेको क्षमता आगाडी बढाउन सकिने र पहिला आफुबाट सकारात्मक सोचको सुरुवात सफलता पाइने वताएका थिए । सेमिनारबाट आफुले कसरी नेतृत्व गर्न सकिने र आफु संगै नकारात्मक सोच हटाउन सहज भएको अनुराग तिवारीले वताए । लायन्स क्लब अफ वीरगंजका अध्यक्ष बलराम श्रेष्ठको अध्यक्षतामा र बिरगंजका उधोगि, इन्जिनियर, लायन संजय खेतानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता सोभाकर पराजुली, आई.एस.टी. क्लेज काठमाण्डौका निर्देशक राजेन्द्र कोइराला, बिक्रमराज पौडेल, आदीवासी जनजाति महासंघ प्रदेश नं. २ का अध्यक्ष निरज पिठाकोठे मगर, गैसस महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निशान थापा, कार्यक्रम संयोजक लायन छेदुप लामा, लियो क्लबका पुर्व अध्यक्ष सरिता खड्गी, दिपेन्द्र यादव, रिषभ अग्रवाल, सचिव मेराजुल हवारी लगायतकाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन विधार्थि नेता शिवम साहले गरेका थिए । लाायन्स र लियो क्लबले संयुक्त रुपमा बिगत ३ बर्ष देखि निरन्तर यस्तो कार्यक्रम गर्दै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...