Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्रधानमन्त्री ओलीद्वारा राजपालाई धेरै फुर्ती नगर्न चेतावनी

spot_img
spot_img

रौतहट । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरताका कारण देश विकासमा सहज भएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रदेश नम्बर २ कमिटीले आयोजना गरेको आमसभालाई आज रौतहटमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका काम कुनै पनि कारणले रोकिन नसक्ने बताए ।

‘स्थिरता र बहुमत भएकाले देशलाई अगाडि बढाउन सक्छौं, उनले भने, ‘एउटा प्रदेशमात्र होइन, सिंगै देश विकास गर्ने हो । तराईको विकासका लागि ३ सय ५२ सय करोड रकम छुट्याएको प्रधानमन्त्रीले जानकारी दिए । संविधान बमोजिम संरचना निर्माण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै तहले विकासलाई तीब्र प्राथमिकतामा राखेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आमसभामा लाखौंको उपस्थितिले धेरै कुराको जवाफ दिएको बताए । उनले एउटा चुनाव जित्दैमा धेरै फुर्तीफार्ती नगर्न राष्ट्रिय जनता पार्टी राजपाका नेता तथा कार्यकर्ताहरुलाई चतावनी दिए । सीके राउत नेतृत्वको स्वतन्त्र मधेस अभियान नेपालको संविधान सार्वभौमसत्ता अक्षुण्तामा सहमत भएर देश निर्माण अभियानमा सहभागी भएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।

ओलीले रौतहट र तराईको विकासका लागि चन्द्रानिगाहापुर सडक, गरुडामा खानेपानी आयोजना, नगरपालिकाको चक्रपथ निर्माण, कृषिको आधुनिकीकरण र मलको उपलब्धता, दरबन्दी नभएका विद्यालयमा दरबन्दी थप गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

लालबकैयाको बाढीपीडितको समस्या आफूलाई पहिल्यै जानकारी भएको बताउँदै प्रधानमन्त्रीले भारतीय बाँधको डुबानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको बताए । उक्त कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाललगायतले सम्बोधन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...