Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

हिट वन्दै ‘लुका छुप्पी’, ५ दिनमा ५५ करोड भारु कमायो

spot_img
spot_img

एजेन्सी, मुम्बई । बलिउड चलचित्र ‘लुका छुप्पी’ ले ५ दिनमा ५५ करोड भारु कमाएको छ । यो चलचित्रले विश्वव्यापी रूपमा यो रकम कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अभिनेता कार्तिक आर्यन र अभिनेत्री कृति सेननको मुख्य भूमिका रहेको यस चलचित्रले ‘लिव इन’ मा बसेर विवाह गर्ने निर्णय गरेपछिको घटनालाई प्रस्तुत गरेको छ । हास्यप्रधान यस चलचित्रमा कार्तिक र कृतिका बीच घट्ने विविध घटनाक्रमको सेरोफेरोलाई कलात्मक रुपमा उठान गरेको छ । लक्ष्मण उतेकरले निर्देशन गरेको यस चलचित्रले राम्रो सुरूवाती व्यापारसमेत गरेको छ ।

यसले चलचित्र रिलिजको पहिलो दिनमै ८.०१ करोड भारू कमाएको थियो । शनिबार १०.०८ करोड, आइतबार बिदाको दिन १४.०४, चौथो दिन ७.९० करोड, मंगलबार ५.०४ करोड कमाइ गरेको छ । यसरी भारतबाट कुल ४५.०७ करोड भारू कमाएको सिनेमाले बाँकी कमाइ भारतबाहिर गरेको हो ।

शिवरात्रीको अवसर पारेर प्रदर्शनमा आएको ‘लुका छुप्पी’ हिट भएपछि अभिनेत्री कृतिले सफलताका लागि धन्यवाद दिँदै प्रसाद समेत बाँडेकी थिइन् । मुम्बईस्थित एक शिव मन्दिर पुगेर उनले मन्दिर परिसरमा रहेका मानिसलाई प्रसाद बाँडेकी हुन् ।

अभिनेता कार्तिकसँग कृतिले जोडी बाँधेको यो चलचित्रले उनलाई सफलता दिलाएको भन्दै त्यसको खुसीयालीमा उनी मन्दिर पुगेको जनाइएको छ । कमाइसँगै उनले यस चलचित्रबाट आफ्नो कामको लागि निकै तारिफ पाएकी छन् । त्यस्तै, उनले यसअघि सिनेमाघरहरूमा पुगेर प्रशंसकलाई आश्चर्यमा पार्दै ‘लुका छुप्पी’ को टिकटसमेत बेच्न भ्याएकी थिइन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...