Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

समायोज पश्चात स्थानिय तहमा देखिएको कर्मचारी अभाव हटने – मन्त्री पंडित

spot_img
spot_img

प्रणय साह । वीरगंज : पर्साको छिपहरमाई गाँउपालिकामा शुक्रवार वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबबु पंडितले प्रदेश नं. २ का सिमा क्षेत्रमा शिक्षा, स्वास्थ्य, कुषिमा विकास भारत भन्दा यस तर्फ होस त्यसका लागी नेपाल सरकारले आर्थिक सहयोग गरिर्ने बताए ।

उनले भने तराई मधेश समुद्धि कार्यक्रम अन्र्तगर्त यस वर्षा साडे ५ अर्व रुपयाको बजेट तराई मधेसका २१ जिल्ला तैयार गरिएको र सिमा नाकामा भन्सार कार्यलयको व्यस्था हुने छ ।

तराई मधेस समृद्धि कार्यक्रम अन्र्तगत सामुदायिक वृद्धा आश्रम तथा प्रशुति सेवा भवनको छुटाछुटै शिलान्यास पश्चात आयोजित पार्टी प्रवेशलाई सम्बोधन गर्दैले कर्मचारी समायोज पश्चात स्थानिय तहमा देखिएको कर्मचारी अभाव हटने बताए । मुलुक बिकाश र समृद्धिको दिशातर्फ अघि बढिसकेको भन्दै अब देशमा आमुल परिर्वतन हुने र अव अन्दोलन समाप्त भएको मन्त्री पंडितले दावि गरे ।

कार्यक्रममा छिपहरमाई गाँउपालिका वडा नं. १ का संघिय समाजवादी फोरमबाट निर्वा्चित वडा अध्यक्ष राजबली यादव सहित फोरमका सयौं नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका थिए ।

छिपहरमाई गाँउपालिकाका अध्यक्ष मनोज गुप्ताको सभापत्विमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नागेन्द्र चौधरी, पुर्व सांसद जयप्रकाश थारु, जुनेद अंसारी, जगरनाथपुर गाँउपालिकाका प्रमुख जालिम मियाँ, ठोरी गाँउपालिकाका प्रमुख पिएल श्रेष्ठ लगायतकाको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...