Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

लायन्स तथा लियोको आयोजनामा शनिबार हुने मोटिवेश्नल सेमिनारको सम्पूर्ण तयारी पुरा

spot_img
spot_img

दिपेन्द्र यादव/बिरगंज २३, फागुन ।.
लायन्स तथा लियो क्लब अफ वीरगंजको आयोजनामा शनिबार बिरगंजमा हुने मोटिवेश्नल सेमिनारको सम्पूर्ण तयारी पुरा भएको छ । वीरगंज नगर सभा गृहमा हुने मोटिवेश्नल तथा लाइफ चेंजिंग सेमिनारको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । लायन्स तथा लियोको संयुक्त आयोजनामा हुने प्रेणात्मक तथा जीवन परिवर्तन सेमिनार एउटा अन्तरास्ट्रिय स्तरको नै सेमिनार हुने कार्यक्रम संयोजक लायन छेदुप लामाले जानकारी गराए ।

आयोजक संस्था लायन्स र लियो क्लबले बिगत ३ बर्ष देखि निरन्तर यस्तो कार्यक्रम गर्दै आइरहेको छ । यस कार्यक्रमका प्रमुख अन्तरास्ट्रिय स्तर कै वक्ता रमण नेपाली रहेका छन भने त्यैसै गरि बिरगंजका युवा नेता तथा सबल वक्ता रहबर अन्सारी मुख्य आकर्षण रहेको लियो क्लबका पुर्व अध्यक्ष रिषभ अग्रवालले बताए ।

जीवनमा आइरहने बाधा अड्चनलाई समाधान गर्दै सुख दुखलाई सन्तुलन गरि कसरि सधै खुशी हुन सकिन्छ र युवाहरुको नेतृत्व क्षमतालाई अभिवृद्दि गराउनु कार्यक्रमको मुख्य उदेश्य रहेको लियो क्लबका सचिव मेराजुल हवारीले वताए ।

बिरगंजमा यस्तो सेमिनारको एकदम आवस्यकता रहेको र यहाँका युवाहरुलाई पनि उत्प्रेरित गर्नका लागि अन्तरास्ट्रिय सामाजिक संस्था लायन्स तथा लियो क्लबले प्रत्येक वर्ष गराउने गरेको छ । कार्यक्रममा सम्पुर्ण युवा, व्यवसायी, शिक्षक, बैंक तथा बिद्यार्थीहरुको लागि बिशेष फाइदाजनक रहेको लियो क्लबकी पुर्व अध्यक्ष सरिता खड्गीले बताइन ।

कार्यक्रमका मुख्य वक्ता रमण नेपाली शुक्रबार बेलुका सम्म बिरगंज आइसक्ने कालिका टाइम्स संग कुरा गर्दै उनले जानकारी समेत गराइन । कार्यक्रम निर्धारित समयमा नै हुने जानकारी गराउदै उनी सनिबार बिहान ठिक १०.३० मा कार्यक्रम स्थलमा सम्पूर्णलाई उपस्थिति हुनको लागि आग्रह समेत गरिन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...