Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

दोस्रो वीरगंज च्याम्पियन टि–२० लिग क्रिकेट टुनामेन्ट प्रतियोगिता हुने

spot_img
spot_img

वीरगंज, २३ फागुन ।

वीरगंजमा दोस्रो वीरगंज च्याम्पियन टि–२० लिग क्रिकेट टुनामेन्ट प्रतियोगिता हुने भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवनमा आज आयोजक युनाईटेड क्रिकेट क्लब वीरगंजले पत्रकार सम्मेलनको आयोजनामा गर्दै चैत १८ गते देखी प्रतियोगिता हुने जनाएको छ ।

आयोजकका अनुसार १५ लाखको लागतमा हुने प्रतियोगितामा नेपाल र भारतका ८ वटा क्रिकेट टिम सहभागि हुने छन । प्रतियोगितामा वीरगंज युनाइटेड, काठमाण्डौ, विराटनगर, मकवानपुर, जनकपुर, कलकता, पटना, वेतिया क्रिकेट टिमको सहभागिता रहने आयोक क्लबका सचिव घन्सयाम बाबु गुप्ताले वताए ।

नारायणी रंगशाला वीरगंजमा हुने प्रतियोगिताको विजेतालाई रु ५५ हजार ५ सय ५५ र उप विजेतालाई रु ३० हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता चैत २५ गते सम्म चल्ने छ ।

युनाईटेड क्रिकेट क्लबका अध्यक्ष हासिम हवारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा क्लबका संयोजक परफुल सागर, उपाध्यक्ष मुर्तुजा हवारी, कोषाध्यक्ष मुस्तुफा हवारी, सदस्य जहुर अंसारी कलामुदिन अंसारी, बाबुजान अंसारी, सरज पटेल, राजुल हवारी, हासिम अंसारी, जैलालुदिन अंसारी लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...