Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

बलिउड अभिनेत्री कट्रिना कैफ उत्साहित

spot_img
spot_img

एजेन्सी, मुम्बई । चलचित्र ‘भारत’ मा बलिउड अभिनेता सलमान खानसँगै काम गर्दा आफू निकै उत्साहित भएको अभिनेत्री कट्रिना कैफ बताएकी छन् । सम्पूर्ण छायांकन सकिएको यो चलचित्रमा सलमानको जोडीको रुपमा अभिनेत्री कट्रिना देखिएकी छन् । उनले नै इन्स्टाग्राममा सलमानसँगको एक तस्बिर सार्वजनिक गर्दै भारतको छायांकन सकिएको जनाएकी हुन् ।

अभिनेत्री कट्रिनाले इन्स्टाग्राममा चलचित्रलाई लिएर आफू निकै उत्साहित भएको जनाएकी छन् । उनले लेखेकी छन्, ‘यो चलचित्र मेरो लागि पूर्ण नयाँ र उत्साहित चलचित्र बनेको छ । चलचित्रको निर्माणको सम्पूर्ण कुरा मेरो लागि प्रेरणादायी भएको छ ।’ उनले अली अब्बास जफर र सलमान खानलाई धन्यवाद दिएकी छन् ।

सलमानको मुख्य भूमिका रहेको ‘भारत’ यो वर्षको बहुप्रतिक्षित चलचित्र मध्येको एक हो । अली अब्बासले निर्देशन गरेको यो चलचित्र हिन्दी भाषामा मात्र नभएर अन्य तीन भाषामा डबिङ गरी रिलिज गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।  इदको अवसर पारेर रिलिज गरिने यो चलचित्रलाई मलयालम, तामिल र तेलुगु भाषामा पनि डबिङ गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...