Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

प्रधानमन्त्री केपी ओली वीरगंज आउने कार्यक्रम पनि स्थगित

spot_img
spot_img

वीरगंज, २२ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली आज वीरगंज आउने भनिए पनि नआउने भएका छन । वीरगंजमा आयोजित अश्वमेध महायज्ञमा प्रधानमन्त्री आउने भनिएको कार्यक्रम स्थगित भएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराईले वताए ।

अधिकारी भट्टाराईका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएका कारण वीरगंज आउने भनिएको प्रधानमन्त्रीको कार्यक्रम स्थगित भएको हो । यता यज्ञ स्थलमा प्रधानमन्त्री मधेश आन्दोलनको वेला दिएको अभिव्यक्तिका कारण तर्सेर वीरगंज आउने कार्यक्र स्थगित भएको चर्चा चलेको हाम्रा सहकर्मी प्रणय साहले वताएका छन ।

प्रधानमन्त्री बुधबार १२ बजे वीरगंज आउने कार्यक्रम रहेको थियो भने प्रधानमन्त्री आउने कार्यक्रमलाई मध्य नजर गर्दै वीरगंजको सुरक्षा व्यवस्था कडा वनाइएको थियो । निर्धारित कार्यक्रम भन्दा आधा घण्टा पहिला मात्र प्रधानमन्त्री वीरगंज नआउने यज्ञ स्थलमा जानकारी प्राप्त भएकोे सहकर्मी साहले वताए ।

यस भन्दा पहिला पनि यज्ञको उदघाटन गर्न वीरगंज आउने राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रम मौसम खराबीका कारण स्थगित भएको थियो । आज प्रधानमन्त्रीद्वारा यज्ञको समापन्न हुने भनिएको कार्यक्र पनि स्थगित भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...