Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

वीरगञ्जको शंकराचार्यद्धारमा पंचमुखि शिवलिङ्गको स्थापना 

वीरगन्ज, २० फागुन ।
नेपालको प्रमुख प्रवेशद्धार वीरगञ्जको शंकराचार्यद्वारमा भगवान पशुपतिनाथ स्वरुपको पञ्चमुखी शिवलिङ्गको स्थापना गरीएको छ । वीरगन्ज महानगरपालिकाले शकंराचार्यद्धारको सौन्दरीकरण गर्ने योजनालाई मुर्तरुप दिन शंकराचार्यद्धारमा शिवलिङ्गको स्थापना गरिएको हो ।
बैद्यीक मत्र तथा पुजन गरी वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूसालले शिव लिङ्गको प्राणप्रतिष्ठा गरे पछि   नगर प्रमुख विजय कुमार सरावगी, र नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष एवम वीरगन्ज महानगरपालिकाका सदभावना दुत अशोक बैद्यले संयुक्त रुपमा शिवलिङ्गको अनावरण गर्नुभएको थियो ।
रु ३ लाख २१ हजार मुल्य परेको पंचमुखी शिवलिङ्ग शालिमार होमस प्रालिद्धारा सहयोग स्वरुप प्रदान गरिएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूसालले बताउनु भयो । दाता अशोक बैद्यलाई धन्यवाद व्यक्त गर्दै प्रमुख प्रशासकिय अधिकृत डा भूसालले संरक्षणको अभावमा जिर्ण बन्दै गएको शंकराचार्यद्धारको सौन्दर्यीकरण गर्दे पर्यटकिय स्थल बनाउने महानगरपालिको योजना विभिन्न दाताहरुको सहयोगमा पुरा हुदै गएको बताउनु भयो ।
मुलुककै आर्थिक नगरी वीरगञ्ज लगायत नेपालमा भारतबाट प्रवेश गर्ने  आगन्तुकहरुको स्वागत गर्दै नेपालको  पहिचानलाई झलकाउने नेपाली झन्डा स्थापना गर्नुको साथै डिजिटल लाईट समेत जडान गरेपछि भारतबाट आउनु आगन्तुकहरुको लागी उक्त क्षेत्र सेल्फी साइटको रुपमा विकसित हुदै गएको छ ।
स्थापना गरिएको शिवलिङ्गमा फाउन्टेन लाइट तथा फोहराको जडान पति छिटै गरिने महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले बताउनु भयो । उहाले विभिन्न दाताहरुको सहयोगमा वीरगन्जको विकास कार्यलाई अघि बढाउने आफ्नो अभियान जारी रहेको समते बताउनु  भयो ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...