Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगञ्जको शंकराचार्यद्धारमा पंचमुखि शिवलिङ्गको स्थापना 

spot_img
spot_img
वीरगन्ज, २० फागुन ।
नेपालको प्रमुख प्रवेशद्धार वीरगञ्जको शंकराचार्यद्वारमा भगवान पशुपतिनाथ स्वरुपको पञ्चमुखी शिवलिङ्गको स्थापना गरीएको छ । वीरगन्ज महानगरपालिकाले शकंराचार्यद्धारको सौन्दरीकरण गर्ने योजनालाई मुर्तरुप दिन शंकराचार्यद्धारमा शिवलिङ्गको स्थापना गरिएको हो ।
बैद्यीक मत्र तथा पुजन गरी वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूसालले शिव लिङ्गको प्राणप्रतिष्ठा गरे पछि   नगर प्रमुख विजय कुमार सरावगी, र नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष एवम वीरगन्ज महानगरपालिकाका सदभावना दुत अशोक बैद्यले संयुक्त रुपमा शिवलिङ्गको अनावरण गर्नुभएको थियो ।
रु ३ लाख २१ हजार मुल्य परेको पंचमुखी शिवलिङ्ग शालिमार होमस प्रालिद्धारा सहयोग स्वरुप प्रदान गरिएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूसालले बताउनु भयो । दाता अशोक बैद्यलाई धन्यवाद व्यक्त गर्दै प्रमुख प्रशासकिय अधिकृत डा भूसालले संरक्षणको अभावमा जिर्ण बन्दै गएको शंकराचार्यद्धारको सौन्दर्यीकरण गर्दे पर्यटकिय स्थल बनाउने महानगरपालिको योजना विभिन्न दाताहरुको सहयोगमा पुरा हुदै गएको बताउनु भयो ।
मुलुककै आर्थिक नगरी वीरगञ्ज लगायत नेपालमा भारतबाट प्रवेश गर्ने  आगन्तुकहरुको स्वागत गर्दै नेपालको  पहिचानलाई झलकाउने नेपाली झन्डा स्थापना गर्नुको साथै डिजिटल लाईट समेत जडान गरेपछि भारतबाट आउनु आगन्तुकहरुको लागी उक्त क्षेत्र सेल्फी साइटको रुपमा विकसित हुदै गएको छ ।
स्थापना गरिएको शिवलिङ्गमा फाउन्टेन लाइट तथा फोहराको जडान पति छिटै गरिने महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले बताउनु भयो । उहाले विभिन्न दाताहरुको सहयोगमा वीरगन्जको विकास कार्यलाई अघि बढाउने आफ्नो अभियान जारी रहेको समते बताउनु  भयो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...