Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

महाशिवरात्रिको अवसरमा जिराभवानीमा बटेशवरनाथको मेला

spot_img
spot_img

मेघराज राय/जिराभवानी, २० फागुन  ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर साथै पर्साको ग्रामीण क्षेत्रमा रहेका एतिहासिक मेला जिराभवानी माईले प्रचलित बाबा बटेशवरनाथको मेलामा आज बिहानबाट भक्तजनहरुको भिड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजबाट१०दिन जिराभवानी मेला लाग्ने गर्छन जिराभवानी गाउँपालिका अन्तर्गत पर्ने पाँचै वार्ड का भक्तजनहरु तथा छिमेकी गाँउपालिका लगायत भारत बिहारका यस मेला आउने गर्छन ।

भगवान् श्री बटेशवरनाथ दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज पर्साका ग्रामीण क्षेत्रका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारत बिहारका तीर्थयात्रीको जिराभवानी मन्दिरमा घुइँचो लाग्छ । यस बर्ष जिराभवानी मेलाको जिम्मेवारी स्थानीय युवाहरुलाई दिएको गाउँपालिका स्रोतले जनाएका छन ।

बीच जिराभवानी क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको मेला समितीका जानकार सदस्य बिनोद महतो थारूले बताउनुभयो । गत वर्षदेखि नै गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष त्यसलाई निरन्तरता दिइएको छ ।

यस्ता पदार्थ सेवन र बेचबिखन तथा उछलिङगित कृयाकलाप गरेको पाइएमा प्रहरीले कारवाही गर्ने उहाँले बताउनुभयो । साथै यस जिराभवानी मेलामा भक्तजनहरु तथा दर्शकहरुको लागी बिषेश मनोरन्जन को बेवास्ताका लागी मौतकुवा रोटेपिङ रेल पिङग जादूगर बिषेश आकर्षक स्टल हरु लगाएत को अवलोकन तथा मनोरञ्जनात्मक खेल तमासा हेर्न पाइने मेला समितीका सदस्य बिनोद महतो थारूले बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...