Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

भारत-पाकिस्तान समस्या र विभाजित नेपाली समाज

१४ फेब्रुएरी २०१९ मा भारतको काश्मीर राज्यमा आतंककारीहरुद्वारा भएको आक्रमणमा परी ४० जना भन्दा बढी भारतीय केन्द्रीय सुरक्षा बलको हत्या पछि भारत सरकारले सीमा पार गरेको हवाई कार्यवाही पछि पाकिस्तान र भारत बीच गम्भीर तनाव उत्पन्न भयो । एकले अर्का माथि सफल कार्यवाही गरेको दाबी गर्दै आएका छन् । यसै क्रममा भारत र पाकिस्तानलाई हेर्ने दृष्टिकोणको कुरा गर्दा नेपाली समाज दुई धु्रब मा बिभाजित भएको छ जुन सामाजिक संजाल तथा नेपाी मिडियाहरुमा प्रष्ट देख्न सकिन्छ ।

- Advertisement -

          नेपाल र भारत बीचको सम्बन्ध प्राचीनकाल देखि अद्वितीय रहेको कुरा बुझ्न कसैलाई गाह्रो न होला, खुल्ला सिमाना, धार्मिक, सांस्कृतिक समानता, दुबै देशका जनता बीच धार्मिक र सांस्कृतिक सम्बन्ध आदि कारणले गर्दा यी दुई देश भौगोलिक र राजनैतिक सीमानाले छुट्टै देश भए तापनि ब्यवहारमा फरक महशूस हुंदैन । नेपालका चेली पारी र पारीकी चेली नेपाली समाजमा बिहे हुने र रोजगारीको लागि एक अर्का देशका नागरिक स्वतन्त्र रुपले आवतजावत गर्नसक्ने हुनाले यो सम्बन्धलाई रोटीबेटीको सम्बन्ध भनिन्छ ।
भारत विश्वको सबै भन्दा ठूलो लोकतान्त्रीक देश हो, त्यहां हरेक बर्गका जनताका लागि विस्तृत रुपमा ब्यवस्था गरिएको छ, सबैको लागि कानूनी संरक्षण गरिएको छ, सायद त्यसैले होला, भारतको सम्बिधान विश्वको सबै भन्दा ठूलोे छ । त्यहांको संघीयताको मोडेल वास्तवीक रुपमा पहिचानमा आधारित संघीय प्रणाली हो, जस्तो गुजरातीहरुको लागि गुजरात, अवधि भाषीहरुको लागि उत्तर प्रदेश, मराठीहरुको लागि महाराष्ट्र, असामीहरुको लागि असाम आदि ।

              एउटा छिमेकी देशमा भएको परिवर्तन अर्को छिमेकी देशमा निश्चय नै पर्छ, ठीक त्यही प्रकारले भारतमा भएको परिवर्तन र संघीय मोडेलले नेपालमा सदियौं देखि कायम रहेको एकात्मक शासन प्रणाली जसमा खस समुदायकै बर्चस्व थियो, भारतीय सिमाना वरिपरि बस्ने तराईका बासिन्दा मधेशीहरुलाई सधैं दोस्रो दर्जाको नागरिकको रुपमा ब्यवहार गर्दथ्यो, त्यसको बिरुद्धमा मधेशी जनताले वि.सं. २०६२।६३ मा पहिलो पटक बृहत बिद्रोह गर्यो ।

           त्यसपछि पनि यो विद्रोह विभिन्न अवरोह, आरोह झेल्दै जारी रहयो र अन्त्यमा २०७२ सालमा गणतन्त्र नेपालको कथित सम्बिधान जर्वदस्ती जारी गरियो जसको विरोध सारा मधेश भरी भयो जुन दिन मधेशले कालो दिनको रुपमा मनायो र ६ महिनासम्म मधेशी जनता नेपाल भारत सीमानामा धर्ना दिएर अवरोध गर्यो जसलाई नेपाली शासक र खसबादी समुदायले भारतीय नाकाबन्दीको उपमा दियो ।

            उक्त आन्दोलनमा ४ दर्जन भन्दा बढी मधेशी आन्दोलनकारीहरुलाई शहिद बनाउनुका साथै सयकडौलाई अगंभंग बनाइयो, त्यति मात्रै होइन नश्लबादी शासकहरुले मधेशी जनतालाई गोली मात्र नदिएर अपमानपूर्ण गाली समेत दिए, जस्तै धोती, बिहारी, काले, माखे, आंप आदि । यही नश्लबादी सोचका कारण नेपालको पुरातन, यथास्थितिबादी समुदाय खुसी भयो र नश्लबादीहरुको नाइके केपी ओलीलाई नेतृत्वको पारितोषिक दियो । त्यो दिन देखि मधेशी र भारत एक अर्काको पर्यायबाची मान्न थालियो, अर्थात मधेशी र भारत उत्तीकै शत्रु, मधेशी र भारतलाई जति अपमानित गरियो त्यति राष्ट्रबादी र देशभक्त ।

             आज भारत र पाक बीचको द्वन्दमा आतंकीको बढावा दिने देश, जहां लोकतन्त्र नै छैन, देश सेनाले चलाउंछ, प्रधानमन्त्री सेनाको भाषण बाचन गर्छन, जर्बदस्ती धर्मान्तररण गरिन्छ, भारत पाकिस्तान विभाजन हुंदा १५ प्रतिशत हिन्दु जनसंख्या १।२ प्रतिशतमा सिमित भयो, आतंकीको तालीम केन्द्र चलाउंछ, त्यस्तो देशलाई नेपाली खसबादी समुदाय र मिडियाले पाकिस्तानको जयजयकार गर्न थालेका छन्, देशभक्त मोदी जसले आतंकी कैम्पमा हमला गरेर आफ्ना निर्दोष जनताको सुरक्षा गर्ने प्रयास गरे, अन्तराष्ट्रिय कानूनले पनि कुनेै देशले आफू माथि भवितब्य खतराबाट सुरक्षित हुनको लागि अर्को देशको सीमा भित्र सैन्य कार्यवाही गर्ने केही सिमित अधिकार दिएको छ, जसलाई च्भउचष्कब िभनिन्छ, भारतले यस अर्थमा कुनै अन्तराष्ट्रिय कानून तोडेको देखिदैन किनभने उसले सैन्य र नागरिकलाई टार्गेट गरेको छैन, अनि तिनलाई हिटलर भन्नु र आतंकी देशका प्रधानमन्त्री, जसले भारतको आक्रोशको सामना गर्ननसकी भारतीय पाइलटलाई ३ दिनभित्र बाध्य भएर रिहा गरे, जुन देशलाई विश्वको कुनै पनि देशले खुलेर समर्थन गर्न सकेको छैन, त्यस देश र त्यहांका शासकलाई सम्मानको वर्षा गर्नु कति न्यायोचित हो? विश्वको सब भन्दा ठूलो लोकतन्त्र भारतका प्रधानमंत्री मोदीलाई तानाशाही भनेर बदनाम गर्नुलाई पक्षपातपूर्ण अभिब्यक्ति नभनेर के भन्ने ।

       यति मात्र्रै होइन, आतंकबादको बिरोध गर्दै कुपवामा आक्रमणको निन्दा गरेको भारत र भारतीय जनताको भावनासंग एक्यबद्धता (क्यष्मिबचष्तथ) र्याली निकालेका बिरगंजबासी जनतालाई सामाजिक संजालमा तथानाम गालीको बर्षा गरेका छन् ।

           भोजपुरी भाषमा एउटा कहावत छ ूचलनिया हंसे सुपवा के ७६ गो छेद बाू, अर्थात नेपाल जस्तो नश्लबादी बर्तमान शासक जहां सयकडौ मधेशी जनतालाई नरसंहार गरियो, अपमान गरियो, आज त्यही शासकका भरौटेहरु र तिनका दलाल मिडियाहरुले आफ्नो अनुहार ऐनामा हेर्दैनन् उल्टै आफू स्वच्छ र अरुलाई कलकिंत देखाउने नाटक रच्दैछन् । भारतको काश्मीर जुन विशेष राज्यको दर्जा प्राप्त गरेको छ, जहां आतंककारीहरुलाई बचाउनको लागि उपद्रबीहरु सेनामाथि ढुंगा हान्दा समेत सेनाले गोली चलाउंदैन, त्यस्तो देश भारतलाई तानाशाही तर आफू शान्तिपुर्वक कालो झण्डा देखाउंदा हिरासतमा लिएर हत्या गरेर पनि लोकतान्त्रीकको सज्ञा दिन लाज समेत मान्दैनन् । सामाजिक संजालहरुलाई भारत र मधेशी समुदायलाई गाली गलौजको अखाडा बनाएका छन, आफू सुपीरियर, बीर गोर्खाली, इमानदार तर भारत भ्रष्ट, कायर र बेइमान भनेर आफ्नो प्रशंसा आफै गरेर आफै खुशियाली मनाइरहेका छन् ।

         यदि आफू इमानदारै हुन भने ट्रान्सपैरेन्सी इन्टरनेशनलको कोरप्सन पर्सेप्सन इन्डेक्स २०१९ मा नेपाल र उत्तरी छिमेकी चीन भारत भन्दा कसरी तल झरे ? भारतलाई नेपाली गोर्खाली सेनाले मात्रै पाकिस्तानबाट बचाएका हुन रे, यदि सत्य हो भने नेपालसंग ९९ प्रतिशत गोर्खाली सेना नै छ, किन भारतलाई जितेर सुगौली सन्धिमा गुमेको भुभाग नेपालमा गाभ्दैन?

           यसरी सामाजिक संजाल र मिडियाहरुमा ब्यक्त गरेको बिचार र पक्षपातपूर्ण प्रेषित समाचार हेर्दा नेपाल तत्काल भौगोलिक रुपमा विभाजित नभए पनि भावनात्मक रुपमा प्रष्ट विभाजित भइसकेको छ । भूगोलले मात्रै जोड्न दीर्घकालीन रुपमा गाहो होइन असम्भव हुन्छ, जबसम्म भावनात्मक रुपमा जोडिन्न । त्यसकारण देशभक्ति देखाउने हो भने सर्बप्रथम समभावको भावना जागृत हुनुपर्छ, अरुको घाउलाई अनुभूत गर्नसक्नुपर्छ, अरुको मूल्यांकनमा समय खर्चिनु भन्दा स्वमूल्यांकन गर्नसक्नु पर्दछ अनि मात्र प्रगति गर्न सकिन्छ ।

            जसले अरु माथि समभाव राख्दैन, सम्मान गर्दैन, अहंकार त्याग्दैन, अरुलाई इन्फेरियर भनेर हेला गर्छ, विभेदपूर्ण ब्यवहार गर्दछ, त्यो कहिल्यै देशभक्त हुनसक्दैन, देशभक्त उ हुन्छ, जसले सबैको अस्तित्व स्वीकार गर्छ, सबैको सम्मानमा आफ्नो सम्मानको अनुभूति गर्दछ र यही भावनाले देशलाई जोडछ, तरवारको धारले केही समयको लागि भूगोल जोड्न सकेपनि दीर्घकालसम्म जोड्न असम्भव हुन्छ ।

                                                                                                                                           कन्हैया चौरसिया  (बिरगंज, पर्सा)                                                                                                         नेशनल ल क्लेज, काठमाडौं (बि.ए.एलएल.बि 5th सेमेस्तर)

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सा क्षेत्र नं. ३ मा रुपेश पाण्डे सक्रिय: टिकट कसबाट ? अझै खुलासा छैन

वीरगंज । पर्सा क्षेत्र नम्बर ३ मा रुपेश पाण्डेको राजनीतिक सक्रियता तीब्र बनेको छ । प्रतिनिधि सभा सदस्यमा चुनवा लडने तयारी अन्तर्गत पछिल्लो तीन...

न्यून उपज, लागत बढीका कारण कृषकलाई धान बालीमा घाटा

वीरगंज । पर्साका कृषकहरू यस वर्ष धान उत्पादनमा ठूलो मारमा परेका छन् । धान भित्र्याउने क्रम चलिरहँदा एक कट्ठामा ६० देखि ८० किलोसम्म धान...

राप्रपा समानुपातिक प्रदेशसभा सदस्य कञ्जन बिच्छा पदमुक्त

जनकपुरधाम । मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महिला तर्फ समानुपातिक सांसद कञ्जन बिच्छालाई पदमुक्त गरिएको छ। मधेस प्रदेशसभा सचिवालयले आज एक...