Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

जल उपभोग्ता समुहको निर्वाचन गराउन तथा कृषक भेला बोलाउन निर्णय

spot_img
spot_img

पर्सा, १८ फाल्गुन ।

पर्साको ब्लाक नम्बर ३ अन्तर्गतका जलउपभोग्ता समुहको निर्वाचनका लागी आज पोखरीया नगरपालिकाको सिचाई कार्यालयमा भएको भेलाले निवर्तमान अध्यक्ष बाबुलाल मेहतालाई निर्वाचन गराउने तथा कृषक भेला ब्यवस्थापन र बैठक बोलाउन आग्रह  गरेको छ ।

पोखरीया नगरपालिकाका प्रमुख दिपनारायण रौनियारको बिशेष उपस्थिती तथा डिभिजन सिचाई ब्यवस्थापन कार्यालय बिरगंजका प्रतिनिधी सुनित गुप्ता, पकज महतो र जंगबहादुर चौधरीको रोहब्बरमा भएको ब्लाक नम्बर ३ अन्तर्गतका कृषकहरुको भेलाले यस्तो निर्णय गरेको हो ।

नारायणी सिचाई ब्यवस्थापन डिभिजन कार्यालय बिरगंज अन्तर्गतका ब्लाक नम्बर ३ अन्तर्गतका जलउपभोग्ता कृषक समुहको कार्यकाल तथा म्याद समाप्त भएकोले उक्त समिती गठन तथा निर्वाचन गर्न गराउन तदर्थ उपभोग्ता समिती र निर्वाचन परिचालन समिती गठन गर्न चैत्र ५ गते कृषक भेला गर्ने, वडा तदर्थ समितीको कृषक भेलाको ब्यवस्थापन र बैठक बोलाउने समेतको जिम्मेवारी निवर्तमान अध्यक्ष बाबुलाल मेहतालाई दिइएको प्राबिधीक पंकज चौधरीले बताएका छन ।

ब्लाक नम्बर ३ को म्याद सक्दा २०७५।३।२ गतेका दिन बलिराम तिवारीको अध्यक्षतामा ५ सदस्यी गोप्य रुपमा तदर्थ समिती बनाइएको थियो । नारायणी सिचाई ब्यवस्थापन कार्यालयमा सो बारे उजुरी पर्दा कार्यालयले २०७५।११।२ गते क पत्र काटी ३ दिन भित्र सम्मपुर्ण कागजात बुझाउन तिवारीलाई निवेदन गरे पनि आज सम्म कुनै पनि कागजात नबmुभाएका कारण भेला बोलाईएको बाबुलाल मेहताले बताए । कृषकहरुको भेलामा पुर्ब सासद प्रधुमन चौहान, लगायत सो आसपासका अगुवा कृषकहरुको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...