Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी

spot_img
spot_img

काठमाण्डाै, १५ फागुन ।

ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा परेका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सबैको मृत्यु भएको पुष्टी भएको छ ।

दुघर्टनाग्रस्त हेलिकप्टरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुब भोछिभोया तथा उप-महानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ तथा अर्जुन घिमिरेको  निधन भएको छ ।

दुर्घटनामा परि एयर डाइनेस्टीका पाइलट प्रभाकर  केसीको पनि निधन भएको छ । सबैको मृत्यु भएको पुष्टी भएपछि अहिले बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले दिएकाे जानकारीअनुसार घटनास्थलमा ५ वटा शव भेटिएको छ । पाथिभराबाट तेह्रथुममा रहेकाे चुहानडाँडा विमानस्थलकाे अवलाेकनका लागि उडेको हेलिकप्टर पाथिभरा नजिकै  तारेभिरमा दुघर्टना भएको हो ।

एएमआई अल्फा माइक इन्डिया कल साइनको दुघर्टनाग्रस्त हेलिकप्टर आज बिहान साढे ८ बजे काठमाडौँबाट ताप्लेजुङ गएको थियो ।

दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ । स्थानीय नागरिक घटनास्थलमा पुगिसकेको भए पनि जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीको टोली पुग्दै छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...