Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा राष्ट्रपति भण्डारीद्वारा शुभारम्भ

spot_img
spot_img

वीरगंज, ९ फागुन ।
छोरी शिक्षाको लागि संघ, प्रदेश र स्थानिय सरकार प्रतिबद्ध हुन जरुरी रहेको राष्ट्रपति विद्या देवी भण्डारीले वताउनु भएकी छिन । वीरगंजमा मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा  बीमा/मुद्दती बचत खाता शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले तिनै तहका सरकारले छोरी शिक्षामा बजेट वृद्धि गरी साक्षरता उन्मुलन गर्नु पर्ने वताइन । उनले भनिन्न महिलालाई गुणस्तरिय, व्यवसायिक रोजगार सृजना गर्नु पर्छ ।

महिलाको समाजिक, आर्थिक, राजनितिक र सांस्कृतिक स्तर सुदृढ पार्न सबै तहमा नितिगत व्यवस्था गरी प्रभावकारी कार्यन्वयन हुन जरुरी रहेको उनले वताइन । हाम्रो अवश्यकता र अन्तराष्ट्रि अनुभवको अधारमा प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ अभियान कार्यन्वयनमा ल्याउन लागेको आफुले बुझेको भण्डारीले वताईन । यो अभियान प्रदेश नं. २ मा मात्र नभई अरु प्रदेशको लागि पनि अनुस्र्णीय होस भने विश्वास समेत व्यक्त गरिन ।

समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई सकार पार्न महिलालाई सम्मान अवसर दिनु पर्ने उनको भनाई थियो । उनले भनिन्न महिलाई शिक्षा, स्वास्थ्यमा सामान रोजगार दिनु पर्छ । आजको छोरी भोलिका देशका जिम्मेवार नागरिक हुन र एउटा छोरी शिक्षित भए पुरै परिवार शिक्षित हुने वताइन ।

हाम्रो समाजमा छोरी, बुहारी, महिला प्रति हुने भेदभावलाई अन्त्य गरी महिला सुरक्षा सुदृढ बनाउदै प्रतिष्ठीत जिवन विताउन महिलाको हक सुरक्षित बनाउनु पर्ने राष्ट्रपति भण्डारीले वताइन । हामीले सभ्य समाजको इतिहासलाई बिश्रन्नु नहुने वताइन ।

प्रदेश नं. २ को सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. २ का प्रमुख रत्नेशवरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउत गद्दी, संघिय सांसद प्रदिप यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । त्रिजुद्ध मा.वि. वीरगंजमा भएको कार्यक्रममा माघ मिहिनामा जन्मेका १४ जना छोरीहरुलाई मुद्दती बचत खाता विमा योजनाको कागजता समेत हस्तान्तरण गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...