Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा बीमा राष्ट्रपति भण्डारीद्वारा शुभारम्भ

spot_img
spot_img

वीरगंज, ९ फागुन ।
छोरी शिक्षाको लागि संघ, प्रदेश र स्थानिय सरकार प्रतिबद्ध हुन जरुरी रहेको राष्ट्रपति विद्या देवी भण्डारीले वताउनु भएकी छिन । वीरगंजमा मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा  बीमा/मुद्दती बचत खाता शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले तिनै तहका सरकारले छोरी शिक्षामा बजेट वृद्धि गरी साक्षरता उन्मुलन गर्नु पर्ने वताइन । उनले भनिन्न महिलालाई गुणस्तरिय, व्यवसायिक रोजगार सृजना गर्नु पर्छ ।

महिलाको समाजिक, आर्थिक, राजनितिक र सांस्कृतिक स्तर सुदृढ पार्न सबै तहमा नितिगत व्यवस्था गरी प्रभावकारी कार्यन्वयन हुन जरुरी रहेको उनले वताइन । हाम्रो अवश्यकता र अन्तराष्ट्रि अनुभवको अधारमा प्रदेश सरकारले बेटी पढाउ बेटी बचाउ अभियान कार्यन्वयनमा ल्याउन लागेको आफुले बुझेको भण्डारीले वताईन । यो अभियान प्रदेश नं. २ मा मात्र नभई अरु प्रदेशको लागि पनि अनुस्र्णीय होस भने विश्वास समेत व्यक्त गरिन ।

समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई सकार पार्न महिलालाई सम्मान अवसर दिनु पर्ने उनको भनाई थियो । उनले भनिन्न महिलाई शिक्षा, स्वास्थ्यमा सामान रोजगार दिनु पर्छ । आजको छोरी भोलिका देशका जिम्मेवार नागरिक हुन र एउटा छोरी शिक्षित भए पुरै परिवार शिक्षित हुने वताइन ।

हाम्रो समाजमा छोरी, बुहारी, महिला प्रति हुने भेदभावलाई अन्त्य गरी महिला सुरक्षा सुदृढ बनाउदै प्रतिष्ठीत जिवन विताउन महिलाको हक सुरक्षित बनाउनु पर्ने राष्ट्रपति भण्डारीले वताइन । हामीले सभ्य समाजको इतिहासलाई बिश्रन्नु नहुने वताइन ।

प्रदेश नं. २ को सामाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. २ का प्रमुख रत्नेशवरलाल कायस्थ, मुख्यमन्त्री लालबाबु राउत गद्दी, संघिय सांसद प्रदिप यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । त्रिजुद्ध मा.वि. वीरगंजमा भएको कार्यक्रममा माघ मिहिनामा जन्मेका १४ जना छोरीहरुलाई मुद्दती बचत खाता विमा योजनाको कागजता समेत हस्तान्तरण गरिएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...