Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पर्साका ३ दम्पतीसहित ८ जना सिन्धुलीमा पक्राउ

spot_img
spot_img

वीरगंज, ८ माघ ।
पर्सागढी नगरपालिका–४ बकनेरवा, मुसहरबस्तीका आठजना गाँजा प्रशोधन कार्यमा संलग्न रहेको अवस्थामा सिन्धुलीमा पक्राउ परेको समाचार छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले हिजो राति सूचनाको आधारमा हरिहरपुर गापाको क्यानेश्वरबाट पक्राउ गरेको बताएको छ ।

स्थानीय अमृत तामाड्ढो घरमा काटेर राखेको गाँजा प्रशोधन कार्यमा संलग्न रहेको अवस्थामा पर्सागढी नगरपालिका–४ बस्ने ४५ वर्षका जगदेवमाझी मुसहर, ४६ वर्षका बागरमाझी मुसहर, ४५ वर्षका डोंगा माझी मुसहर, ३५ वर्षीया लालमतीमाझी मुसहर, ४० वर्षिया भगवतीमाझी मुसहर, ३७ वर्षीया रोहनीमाझी मुसहर, ३६ वर्षीया तैइतीमाझी मुसहर र ३३ वर्षीया कुसुनीमाझी मुसहरलाई पक्राउ गरेको सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

प्रउ सिंहका अनुसार सो स्थानबाट काटिएको करिब ५ ट्रक गाँजा र ५ किलो प्रशोधन गरिएको गाँजा बरामद भएको छ। सिन्धुलीमा मुसहर परिवारका पाँच महिला र तीनजना पुरुष पक्राउ परेको समाचारले बस्तीमा रुवावासी शुरू भएको छ। पक्राउ परेका आठजनालाई पहाडी समुदायका व्यक्तिले टोलमा आएर खेतीपातीको काम गराउने भनेर २० दिन अघि लगेका थिए ।

होलीमा घर पठाइदिने भनेर लगेको र एक्कासि गाँजा मुद्दामा पक्राउ परेको सुनेको पक्राउ परेका जगदेवमाझी मुसहरकी छोरी अञ्जलीकुमारीले बताइन् । अभिभावकहरू पक्राउ परेपछि मुसहर बस्तीमा उनीहरूका छोराछोरीहरूको बेहाल छ। पक्राउ परेका छजना पतिपत्नी हुन् ।  सभार : प्रतिक

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...