Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

सतारुढ दल निकटका विद्यार्थी संगठनहरुद्वारा ठा.रा.ब. क्याम्पस प्रमुख घेराउ

spot_img
spot_img

वीरगंज, ७ फागुन ।
सतारुढ दल नेकपा निकटका विद्यार्थी संगठनहरु आज ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजका प्रमुखलाई एक घण्टा घेराउ गरेका छन । स्वतन्त्र विद्यार्थी यूनियन (स्वीयु) को निर्वाचन गराउन मांग गर्दै अनेरास्ववियु पर्सा र अनेरास्ववियु क्रान्तिकारी पर्साले संयुक्त रुपमा केन्द्रिय कार्यक्रम अन्तर्गत क्याम्पस प्रमुखलाई कार्यकक्ष भित्र घेराउ गरेका हुन ।

विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन गराउनका लागि आवश्यक माहोल तैयार पार्ने दवाव सृजना गर्न ठाराब क्याम्पस प्रमुख प्रमोद कुशवाहा, सहायक प्रमुख रवि लामिक्षनेलाई घेराउ गरिएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य शिवम साहले वताए ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीको पुर्व घोषित कार्यक्रम अनुसार आज देशैभरका स्ववियु चुनाव हुने क्याम्पसका प्रमुखहरुको कार्यकक्ष घेराउ गर्ने पूर्व निर्धारित कार्यक्रम अन्तर्गत घेराउ गरिएको साहले जानकारी गराए ।

घेराउ कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय सदस्य साह, इशक कुमार, अनेरास्ववियुका जिल्ला अध्यक्ष रामबाबु यादव, अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला संयोजक मित्रदेव यादव, ठा.रा.ब. एकाई अध्यक्ष मेराजुल हवारी, नसिम अकतर, अकलेस साह, रामबाबु मण्डल लगायतकाको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...