Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

सतारुढ दल निकटका विद्यार्थी संगठनहरुद्वारा ठा.रा.ब. क्याम्पस प्रमुख घेराउ

spot_img
spot_img

वीरगंज, ७ फागुन ।
सतारुढ दल नेकपा निकटका विद्यार्थी संगठनहरु आज ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजका प्रमुखलाई एक घण्टा घेराउ गरेका छन । स्वतन्त्र विद्यार्थी यूनियन (स्वीयु) को निर्वाचन गराउन मांग गर्दै अनेरास्ववियु पर्सा र अनेरास्ववियु क्रान्तिकारी पर्साले संयुक्त रुपमा केन्द्रिय कार्यक्रम अन्तर्गत क्याम्पस प्रमुखलाई कार्यकक्ष भित्र घेराउ गरेका हुन ।

विद्यार्थी संगठनहरुले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन गराउनका लागि आवश्यक माहोल तैयार पार्ने दवाव सृजना गर्न ठाराब क्याम्पस प्रमुख प्रमोद कुशवाहा, सहायक प्रमुख रवि लामिक्षनेलाई घेराउ गरिएको अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य शिवम साहले वताए ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीको पुर्व घोषित कार्यक्रम अनुसार आज देशैभरका स्ववियु चुनाव हुने क्याम्पसका प्रमुखहरुको कार्यकक्ष घेराउ गर्ने पूर्व निर्धारित कार्यक्रम अन्तर्गत घेराउ गरिएको साहले जानकारी गराए ।

घेराउ कार्यक्रममा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय सदस्य साह, इशक कुमार, अनेरास्ववियुका जिल्ला अध्यक्ष रामबाबु यादव, अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला संयोजक मित्रदेव यादव, ठा.रा.ब. एकाई अध्यक्ष मेराजुल हवारी, नसिम अकतर, अकलेस साह, रामबाबु मण्डल लगायतकाको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजकाे रानीघाटमा टायर बालेर प्रदर्शन गर्ने ४ जना पक्राउ

वीरगंज । वीरगंवजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गरिरहेका चार जना हिन्दू सङ्गठनसँग आबद्ध युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी र सिरहामा प्रहरीको गोली लागेर...

वीरगंजमा कुटपिट घटनामा संलग्न एक जना पक्राउ, धार्मिक सद्भाव नबिगार्न प्रहरीको अपिल

वीरगंज । वीरगंज महानगरपालिका–२ स्थित ईदगाहा चोकमा भएको कुटपिट घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार साँझ...

गृह मन्त्री र गणेश यादवका परिवारबीच सम्झौता, १० लाख राहत र रोजगारी दिने सहमति

सिरहा । सिरहाको औरही गाउँपालिका–२, मोतिपुरमा गत श्रावण १४ गते भएको घटनामा मृत्यु भएका गणेश यादवका परिवार र गृह मन्त्रालयबीच सात बुँदे सम्झौता भएको...