Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

भारत तर्फ लग्दै गरेको गिट्टी लोड गरिएको २ वटा ट्रिपर पक्राउ

spot_img
spot_img

पर्सा, ४ फागुन ।
पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. ५, भिस्वाबाट शनिबार सशस्त्र प्रहरीले २ वटा गिट्टी लोड गरिएको ट्रिपर पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प भिस्वाबाट खटिएको प्रहरी टोलीले ना. १ क. ५२४७ र ना. १ क. ५२४९ नम्बरको ट्रिपर पक्राउ गरेको हो । नेपालबाट भारत तर्फ तस्करी गर्नको लागि लगिरहेको गिट्टी भिस्वाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाका प्रहरी निरिक्षक महेन्द्र थापाले वताए ।

वेस क्याम्प पोखरियाको सहयोगमा पक्राउ गरिएको दुबै ट्रिपर वीरगंज पठाइएको थापाले जानकारी गराए । दिनहु जसो भारत तर्फ गिट्टी निकासी भइरहेको सुचनाको अधारमा ट्रिपर पक्राउ गरिएको प्रहरीले जनाएको छ । गिट्टी निर्यातमा कडाई गरे पछि मिर्जापुर लग्दै गरेको भनिएको ट्रिपर चालक संग गाउँपालिकाको पनि सिफारिस नभएका कारण नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको प्रहरीको भनाई छ ।

स्थानियका अनुसार सधै भारत तर्फ गिट्टी तस्करी भइरहेको छ । स्थानिय जनप्रतिनिधि र प्रहरी कै मिलोमतोमा नै भारत तर्फ गिट्टी तस्करी भइरहेको स्थानियहरुले वताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...