Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

भारत तर्फ लग्दै गरेको गिट्टी लोड गरिएको २ वटा ट्रिपर पक्राउ

spot_img
spot_img

पर्सा, ४ फागुन ।
पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं. ५, भिस्वाबाट शनिबार सशस्त्र प्रहरीले २ वटा गिट्टी लोड गरिएको ट्रिपर पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प भिस्वाबाट खटिएको प्रहरी टोलीले ना. १ क. ५२४७ र ना. १ क. ५२४९ नम्बरको ट्रिपर पक्राउ गरेको हो । नेपालबाट भारत तर्फ तस्करी गर्नको लागि लगिरहेको गिट्टी भिस्वाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाका प्रहरी निरिक्षक महेन्द्र थापाले वताए ।

वेस क्याम्प पोखरियाको सहयोगमा पक्राउ गरिएको दुबै ट्रिपर वीरगंज पठाइएको थापाले जानकारी गराए । दिनहु जसो भारत तर्फ गिट्टी निकासी भइरहेको सुचनाको अधारमा ट्रिपर पक्राउ गरिएको प्रहरीले जनाएको छ । गिट्टी निर्यातमा कडाई गरे पछि मिर्जापुर लग्दै गरेको भनिएको ट्रिपर चालक संग गाउँपालिकाको पनि सिफारिस नभएका कारण नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइएको प्रहरीको भनाई छ ।

स्थानियका अनुसार सधै भारत तर्फ गिट्टी तस्करी भइरहेको छ । स्थानिय जनप्रतिनिधि र प्रहरी कै मिलोमतोमा नै भारत तर्फ गिट्टी तस्करी भइरहेको स्थानियहरुले वताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...