Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

पोखरिया नगरपालिका कुष्ट रोग जोखिममा

spot_img
spot_img

पर्सा, ३ फागुन ।
पर्साको पोखरीया नगरपालिका कुष्टरोग जोखिममा परेको शुचांकले देखाएको छ । कुष्टरोग निवारण अभियान कार्यक्रम अन्तर्गत शुक्रबार भएको पत्रकार र नगरपलिकाका पदाधिकारी बिचको अन्तराक्रिया कार्यक्रममा जिल्ला क्षयकुष्ट अधिकृत शम्भु थापाले कुष्ट रोगीको तथ्यांक प्रस्तुत गर्दै नगरपालिका जोखिममा परेको वताए ।

कुल ३७ हजार १ सय ६७ जनसंख्या रहेको पोखरीया नगरपािलकामा पहिला ९ जनामा कुष्ट रोग फेला परेको थियो । ३५ हजार ८ सय ६ जनाको सर्बे गर्दा ७९ जनालाई शंका गरिएको थियो, जस मध्ये १३ जना कुष्टरोगी भेटेका हुन । सर्बे अगाडी ९ जनाको उपचारका लागी औषधी चलिरहेको र सर्बे यता नयाँ ४ जना फेला परेकोले पोखरीया नगरपालिकाको जोखिम कायमै रहेको कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

प्रस्तुत गरिएको तथ्यांक अनुसार ४ जना नयाँ रोगी मध्ये ३ जना महिला रहेको र २ जना १४ बर्ष मुनीको नबालिक रहेको र १ जना पुरुष रहेका छन । पोखरीया नगरपालिकाको शिववर्वामा १ जना महिला, गोबिन्दपुरमा १ जना महिला, श्रीसियामा १ जना पुरुष र बसन्तपुरमा १ जना महिला रोगी फेला परेको हो । आर्थिक बर्ष २०७४/०७५ मा पर्सा जिल्लामा १ सय १७ जना बिरामीहरुले उचार गराउने तथ्यांक छ ।

१ जना रोगीबाट १ देखी ३ जनामा यो रोग सार्न सक्छन । रोगी २ बर्ष देखी ५ बर्ष भित्रमा देखा पर्ने क्षयकुष्ट अधिकृत शम्भु यादवले बताए । पोखरीया नगरपािलकाका स्वास्थ्य सह संयोजक रामबिनय गुप्ताका अनुसार कुल जनसंख्या मध्ये १३ सय ५९ जनाको सर्बे गर्न बाकी रहेकोले थप रोगी बढन सक्ने अनुमान गरिएको छ ।

घरबाहिर रहेका ती जनसंख्याले पनि थप जोखिम दिने भएकोले पोखरीया नगरपलिकाका मेयर दिपनारायण रौनियारले जसरी भए पनि सर्बे गरी रोगी पहिचान गरी निवारण गर्नु पर्ने कुरामा जोड दिए । २०२० सम्म १० हजार जनसंख्यामा ० रोगी भेटने लक्ष्य अनुसार अगाडी बढीने कुरामा प्रमुख रौनियारको जोड थियो ।

कार्यक्रममा उप मेयर सलमा खातुनले अधिकांश दलित बस्तीमा छाला रोग देखा पर्ने भएकोले बिशेष ध्यान दलित बस्तीमा दिनु पर्ने वताइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...