Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

पोखरिया नगरपालिका कुष्ट रोग जोखिममा

spot_img
spot_img

पर्सा, ३ फागुन ।
पर्साको पोखरीया नगरपालिका कुष्टरोग जोखिममा परेको शुचांकले देखाएको छ । कुष्टरोग निवारण अभियान कार्यक्रम अन्तर्गत शुक्रबार भएको पत्रकार र नगरपलिकाका पदाधिकारी बिचको अन्तराक्रिया कार्यक्रममा जिल्ला क्षयकुष्ट अधिकृत शम्भु थापाले कुष्ट रोगीको तथ्यांक प्रस्तुत गर्दै नगरपालिका जोखिममा परेको वताए ।

कुल ३७ हजार १ सय ६७ जनसंख्या रहेको पोखरीया नगरपािलकामा पहिला ९ जनामा कुष्ट रोग फेला परेको थियो । ३५ हजार ८ सय ६ जनाको सर्बे गर्दा ७९ जनालाई शंका गरिएको थियो, जस मध्ये १३ जना कुष्टरोगी भेटेका हुन । सर्बे अगाडी ९ जनाको उपचारका लागी औषधी चलिरहेको र सर्बे यता नयाँ ४ जना फेला परेकोले पोखरीया नगरपालिकाको जोखिम कायमै रहेको कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

प्रस्तुत गरिएको तथ्यांक अनुसार ४ जना नयाँ रोगी मध्ये ३ जना महिला रहेको र २ जना १४ बर्ष मुनीको नबालिक रहेको र १ जना पुरुष रहेका छन । पोखरीया नगरपालिकाको शिववर्वामा १ जना महिला, गोबिन्दपुरमा १ जना महिला, श्रीसियामा १ जना पुरुष र बसन्तपुरमा १ जना महिला रोगी फेला परेको हो । आर्थिक बर्ष २०७४/०७५ मा पर्सा जिल्लामा १ सय १७ जना बिरामीहरुले उचार गराउने तथ्यांक छ ।

१ जना रोगीबाट १ देखी ३ जनामा यो रोग सार्न सक्छन । रोगी २ बर्ष देखी ५ बर्ष भित्रमा देखा पर्ने क्षयकुष्ट अधिकृत शम्भु यादवले बताए । पोखरीया नगरपािलकाका स्वास्थ्य सह संयोजक रामबिनय गुप्ताका अनुसार कुल जनसंख्या मध्ये १३ सय ५९ जनाको सर्बे गर्न बाकी रहेकोले थप रोगी बढन सक्ने अनुमान गरिएको छ ।

घरबाहिर रहेका ती जनसंख्याले पनि थप जोखिम दिने भएकोले पोखरीया नगरपलिकाका मेयर दिपनारायण रौनियारले जसरी भए पनि सर्बे गरी रोगी पहिचान गरी निवारण गर्नु पर्ने कुरामा जोड दिए । २०२० सम्म १० हजार जनसंख्यामा ० रोगी भेटने लक्ष्य अनुसार अगाडी बढीने कुरामा प्रमुख रौनियारको जोड थियो ।

कार्यक्रममा उप मेयर सलमा खातुनले अधिकांश दलित बस्तीमा छाला रोग देखा पर्ने भएकोले बिशेष ध्यान दलित बस्तीमा दिनु पर्ने वताइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...