Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

हुलाकी राजमार्ग : कालिका बानियाँ जे भि को काम तिब्र गतीमा, पप्पु सुस्त

spot_img
spot_img

मेघराज राय /जिराभवानी, माघ २४ ।

भारतको सहयोगमा निर्माण भइरहेको हुलाकी राजमार्गको काम पर्सामा कालिका बानिया जेभीको काम तिब्र गतिमा भईरहेको छ । हुलाकी राजमार्गको निर्माण पूर्वदेखि पश्चिमसम्म १ हजार सात सय ९२ किलोमिटर लामो हुलाकी सडक बनाउने योजना छ ।

यस्तै कालिका बानिया जेभीले जिराभवानी गाउँपालिकाको चमरीटोल देखी ठोरी गाउँपालिकाको चौतारी सम्मको ३० किलोमिटरको ठेक्का कबोल गरेका छन । पर्सा जिल्लामै ठेक्का कबोल रहेका पपु कन्सट्रक्सनका काम कालोपत्रे गर्ने कुरा त परै जाओस्, माटो हाल्ने काम पनि हुन सकिरहेको छैन ।

नेपाल सरकारले यसतर्फ कुनै किसिमको ध्यान नदिँदा ठेकेदार पपु निर्माण कम्पनीले मनोमानी तरिकाले काम गरिरहेका छन् । स्थानीयबासीहरुका अनुसार ठेकेदार कम्पनीले काम गरेको ठाउँमा पनि कमसल तथा गुणस्तरहीन सामग्री प्रयोग गरिरहेका छन् ।

अहिले पनि पपु निर्माण कम्पनीको कल्भर्ट र कैयो स्थानमा पुल निर्माणको काम अधुरै छ । लामो समयदेखि चर्चामा रहेको हुलाकी सडक अन्तर्गत पर्साको सदरमुकाम बिरगंज देखी चितवनको माडी हुँदै नवलपरासी जिल्ला सदरमुकाम सम्म जोड्ने हुलाकी मार्गमा चार पाङ्ग्रे सवारी साधन चलाउन सकिने अवस्था धेरैनै नाजुक छन ।

पर्सामा पुल निर्माणको काम ४५प्रति शत भईसकेको भएपनि पपु निर्माणको सडक बनाउने काम भने सुसत गतीमा भईरको छ । हुलाकी राजमार्ग अन्तर्गत पर्सामा कालिका बानिया जेभी र पपु कन्सट्रक्सनले ३०/३०किलोमिटर को टेन्डर साकार गरेका छन ।

पर्सामा ६० किलोमिटिर हुलाकी सडक छन । यो बषॅ बानियाँ निर्माण कम्पनीले पुल र कल्भर्ट पुर्ण रूपमा सकाएर लेआउट गरी आर्थिक वर्ष २०७६ बैशाख देखी पहिला १०किलो मिटर कालोपत्रे गरने योजना रहेको कालिका बानिया जेभीका प्रोजेक्ट मेनेजर उधब सापकोटाले जानकारी दिनुभो ।

हुलाकी राजमार्गको अन्य आयोजना जसमा हुलाकी राजमार्ग अन्तर्गत पर्सामा अहिले २ करोडदेखि माथिका साना ठूला गरी ४ वटा पुलको निर्माण भइरहेको छ । पुल निर्माण बाहेक माटो पुर्ने काम भइरहेको छ । यसबाहेक हुलाकी राजमार्गको अन्य प्रगतियोग्य काम हुन सकेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...