Date
बुध, बैशाख ३०, २०८३
Wed, May 13, 2026

सुरू भयाे ठोरीमा पनि हात्ती सफारी

ठाेरी, २४ माघ/
पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुधवारदेखि पर्साको ठोरीमा हात्ती सफारी शुरू भएको छ । ठोरी गाउँपालिका–५ सुवर्णपुरका वडा अध्यक्ष रामबहादुर पाख्रीनले सुवर्णपुरचोकबाट हात्ती चढेर हात्ती सफारीको शुरुआत गरेका हुन् ।
पर्सा राष्ट्रिय निकुञ्जले पर्यापर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रमणीय पर्यटकीय स्थल घुम्नका लागि दुईओटा हात्ती उपलब्ध गराएसँगै जिल्लाको ग्रामीण क्षेत्रमा पहिलोपटक हात्ती सफारीको शुरूवात भएको हो । ३/३ जनागरी ६ जनाले दुईओटा हात्तीमा चढेर पर्सा राष्ट्रिय निकुञ्जको रमणीय स्थलहरूको आनन्द लिन सक्ने व्यवस्था भएको   सुनाखरी उपभोक्ता समितिका अध्यक्ष देवीप्रसाद दाहालले जानकारी दिए ।
वडा अध्यक्ष पाख्रीनले शुरूआत गरेको हात्ती सफारीको पहिलो दिन स्थानीय र काठमाडौंका समेत छजना युवाले हात्ती चढेर निकुञ्ज घुमेका छन् ।   पहिलो दिन हात्ती सफारी गर्नेमा विमल प्रधान, कमला पौडेल, विकास मोक्तान, तेज लामालगायत रहेको उपभोक्ता समितिका सचिव जीवन श्रेष्ठले बताए ।
अध्यक्ष दाहालले भने–“हात्ती सफारीको माध्यमबाट यस क्षेत्रको पर्यापर्यटन प्रवद्र्धन हुने विश्वास लिएका छौ । प्रशस्तै पर्यटकीय स्थलहरू छन् । तर पर्यटकलाई घुमाउने साधन थिएन । राष्ट्रिय निकुञ्जलाई हात्ती उपलब्ध गराउन आग्रह गरेका थियौं । सोही आग्रह बमोजिम निकुञ्जले दुईवटा हात्ती व्यवस्था गरेको हो ।
हात्ती चढेर राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको रमणीय स्थलको अवलोकन गर्न सकिने दाहालले बताए । सुवर्णपुर चोकदेखि हात्ती चढेर गडवाल पोस्ट, राभौरीभाटामा रहेको घाँसे मैदान अवलोकन गर्न सकिने उनले बताए । हात्ती सफारीको माध्यमबाट रातोमाटे देउराली, सिर्जना, पञ्चमुखी लगायत मध्यवर्ती सामुदायिक वनको समेत अवलोनक गर्न सकिने उनले बताए । पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै गइरहेको ठोरीलाई केन्द्रमा राखेर हात्ती सफारी शुरूआत भएकोले पर्सा राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्या वृद्धि हुने दाहालले विश्वास व्यक्त गरे ।
हात्ती सफारीका लागि सुनाखरी मध्यवर्ती उपभोक्ता समितिले समन्वय गरेको छ । बाराको अमलेखगंजबाट हात्ती सफारीको व्यवस्था गर्दै आएको निकुञ्जले ठोरीको तामाङ समुदायले सञ्चालन गरेको होमस्टे क्षेत्रबाट पनि सफारीको शुरूआत गरेको हो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले भने–“पर्यटकीय सम्भावना र पूर्वाधार तथा दुर्लभ वन्यजन्तुको बढोत्तरी यहाँ पर्यटक भिœयाउने स्रोत हुन् ।”
निकुञ्जको उत्तर पश्चिमी भाग घुम्नका लागि गडवाल पोस्टबाट हात्ती सफारीको व्यवास्था मिलाइएको उनले बताए । हात्ती सफारी गर्नुपरेमा सीधै गडवाल पोस्टमा सम्पर्क गर्न सकिने भन्दै महर्जनले भने–“यो सफारीको मुख्य उद्देश्य भनेको पर्यटन प्रवद्र्धन नै हो ।”
बारा, पर्सा र मकवानपुर गरी ६२७ वर्ग किलोमिटर क्षेत्रफलमा पर्सा राष्ट्रिय निकुञ्ज फैलिएको छ । जङ्गली हात्तीको बथान, बाघ, एकसिंगे गैंडा, गौरी गाई, घोडगदहा यहाँका मुख्य आकर्षण हुन् । निकुञ्जमा १ सय ५ को हाराहारीमा गौरी गाई रहेको निकुञ्जको तथ्याङ्कले देखाउँछ । गौरीगाई एकैपटक ८० वटाको समूहमा देख्न सकिन्छ ।
जङ्गली जनावरलगायत प्राकृतिक मनोरम दृश्यसहित यस निकुञ्जसँग धार्मिक तथा सांस्कृतिक धरोहर पनि जोड्न सकिने नेकपा बाराका युवा नेता राजन पौडेल बताउँछन् । युवा नेता पौडेल भन्छन्–“निकुञ्ज घुम्न आउने पर्यटकलाई गढीमाई, बाराको सिम्रौनगढ, पर्साको कोइलाभार, रामभौरीभाठा,
सुवर्णपुरको बाघमोर्चा, ठोरीको वनशक्तिलगायत धार्मिक तथा ऐतिहासिक क्षेत्रसँग जोड्न सकिन्छ । प्रदेश २ को राजधानी जनकपुर, काठमाडौंसँगको छोटो सडक तथा हवाइमार्ग, सहज यातायात, निर्माणाधीन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्र्याकले पनि पर्सा निकुञ्जको महŒव अरू बढाएको उनले बताए ।
ठोरीको ग्रामीण बस्तीहरूमा खुलेका होमस्टे, सिमरा, निजगढमा खुलेका सुविधा सम्पन्न होटलका कारण पनि निकुञ्जमा पर्यटक प्रवद्र्धन हुने अपेक्षा पौडेलेको छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पटेर्वासुगौलीमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण, २८० लाभान्वित

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा बुधबार श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पटेर्वासुगैलीमा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको...

अखाद्य मासु बिक्री गर्ने दुई व्यवसायीलाई ४० हजार जरिवाना

वीरगंज । पर्सा प्रशासनद्वारा वीरगंजका विभिन्न मासु पसलमा गरिएको अनुगमनका क्रममा अखाद्य मासु बिक्री तथा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको भेटिएपछि दुई व्यवसायीलाई जरिवाना...

प्रहरी कार्यालयमा पीडित भएर आउने अवस्था कम हुने समाज बनाऔं : आईजीपी कार्की

वीरगंज । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले प्रहरी कार्यालयमा पीडित भएर आउने नागरिकको संख्या कम हुने खालको समाज निर्माण गर्न सबैलाई...