Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

प्रदेश सरकारले पेल्यो : मेयर सरावगी

spot_img
spot_img

वीरगंज, १९ माघ/
वीरगंज महानगरका मेयर विजय सरावगीले विपी उद्यानमा शहीद पार्क निर्माणको शिलान्यास गरेर प्रदेश सरकारले स्थानीय निकायलाई पेलेको आरोप लगाएका छन् ।

जिल्ला समन्वय समिति, पर्सामा शुक्रवार आयोजित एक कार्यक्रममा उनले स्थानीय निकायको स्वामित्वमा रहेको जग्गामा प्रदेश सरकारले बिनास्वीकृति शहीद पार्कको शिलान्यास गरेर पेल्ने काम गरेको आरोप लगाए । उनले महानगरको स्वामित्वमा रहेको जग्गामा शिलान्यास गर्दा प्रदेश सरकारले स्वीकृति लिनुपर्ने सामान्य प्रक्रियासमेत अवलम्बन नगरेको बताए ।

विपी उद्यानमा शहीद पार्कको शिलान्यासलाई लिएर नेपाली काङ्ग्रेसले विरोध गरेको अवस्थामा आप्mनै पार्टीका मुख्यमन्त्री लालबाबू राउत गद्दी र अर्का राजपाका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले शिलान्यास गरेको शहीद पार्कको विषयमा मेयरले सार्वजनिक स्थलमा विरोध गरेका हुन् ।

मेयर सरावगी र मुख्यमन्त्री गद्दी सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित हुन् । शहीद पार्क शिलान्यास कार्यक्रममा मेयर सरावगी अनुपस्थित थिए । उनले आज दिएको अभिव्यक्तिपछि मुख्यमन्त्रीको कामबाट मेयर खुशी नभएको अनुभूति भएको छ । प्रतिकबाट

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...