Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

सहिद दिवसको अवसरमा ठोरीमा दुईदिने बिधालय स्तरिय कार्यक्रम सुरू

spot_img
spot_img

मेघराज राय/ जिराभवानी, १७ माघ ।

विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने उदेश्यले राष्ट्रिय सहिद दिवसको अवसरमा ठोरी गाउँपालिकाले दुईदिने विद्यालय स्तरीय विविध कार्यक्रमको आयोजना सुरु गरेको छ ।

“ठोरीको अभियान ,प्रतिभाको पहिचान” भन्ने मूख्य नारा तय गरेर शुरु गरेको कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य शेखचाँद तारा र ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बिरुवामा पानी हालेर सयुक्त रुपमा गरेका छन् ।

ठोरी गाउँपालिकाको आयोजना तथा श्री विजयवस्ती माविको संयोजनमा जारी कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य शेखचाँद ताराले बिद्यालय स्तरबाटै प्रतिभाको खोजी कार्यक्रमले भोलिका देशका कर्णधारलाई जिम्मेवार बनाउन सघाउने बताए ।

विद्यालयमा पढाई संगसंगै अतिरिक्त क्रियाकलाप नियमित रुपमा संचालन गर्न जरुरी रहेको भन्दै उनले ठोरीले थालेको यो अभियानलाई अन्य स्थानीय तहले पनि अनुशरण गर्नु पर्ने बताए ।

राष्ट्रिय महिला आयोगकी पुर्व अध्यक्ष समेत रहेकी उनले ठोरीको पर्यटन प्रवर्द्धनमा सघाउने आश्वासन समेत दिइन् । गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठले प्रतिभावान बालबालिका भित्र रहेको क्षमता अभिवृद्धिमा यो अभियानले सघाउने विश्वास लिएको बताए । आर्थिक अभावका कारण प्रतिभा भएका कोही पनि खुम्चिएर बस्नु नपर्ने उनले बताए ।

ठोरीलाई नमूना गाउँपालिका बनाउनका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने तर्क उनको थियो । कार्यक्रमका जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, ठोरी गाउँपालिकाकी उपाध्यक्ष शान्तिमाया थिङ्, ठोरीका प्रमुख प्रशासकीय अधिकृत नवीन लामा लगायतले सम्बोधन गर्दै विद्यार्थीहरुमा लुकेर रहेका प्रतिभाको पहिचान गर्दै विद्यार्थीमा नयाँ सोचको विकास हुने विश्वास व्यक्त गरेका थिए ।

श्री विजयवस्ति माविका प्रधानाध्यापक नारायण लामाले स्वागत मन्तव्य राखेको कार्यक्रममा वडाध्यक्ष बईबहादुर पाख्रीन, साविक सुवर्णपुर गाविसका पुर्व अध्यक्ष जरी लामा, शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठ, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु,प्रतिनिधि शिक्षकहरु, विद्यार्थीहरु लगायतको सहभागीता रहेको थियो।

शैक्षिक उत्सवकै रुपमा आयोजना गरिएको कार्यक्रमको पहिलो दिन निबन्ध, कविता र वकतृत्व कला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । दोस्रोदिन शुक्रवार नृत्य , हाजिरी जवाफ र भलिबल प्रतियोगिताको आयोजना गरिने लामाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...