Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

काङ्ग्रेसको विरोध र महानगरपालिकाको स्वीकृति विना सहिद पार्कको शिलान्यास

spot_img
spot_img

वीरगंज, १६ माघ ।
वीरगंजमा प्रदेश सरकारबाट गर्न लागिएको सहिद पार्क शिलान्यासको विरोध भए पनि शिलान्यास कार्यक्रम समपन्न भएको छ । प्रदेश नं. २ सरकारबाट वीरगंजको घण्टाघर स्थित रहेको १० विघा जग्गामा सहिद पार्कको शिलान्यास भएको हो । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी र भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा पार्कको बुधबार शिलान्यास गरेका छन ।

पार्कको शिलान्यास गर्दै मुख्यमन्त्री गद्दीले शहिदहरुको सपना सकार गर्न पार्कको निर्माण गर्न लागिएको वताए । शहीदको कुनै जात, धर्म, समुदाय नभएकोले सबैलाई पार्क निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले भने शहिदको सम्मानको लागि पार्क निर्माण गर्न लागिएको छं, सहिदको कुनै जात, धर्म हुदैन त्यही भएर सबैले सहयोग गरिदिनुस ।

उनले थपे मधेश आन्दोल कै उपलब्धी संघियता, समावेशिता आएकाले मधेश आन्दोलनको केन्द्र भएको ठाउँमा प्रदेश सरकारले पार्क निर्माण गर्न लागरेको छ । प्रतिनिधि सभा सदस्य प्रदिप यादवले वीरगंजमा मात्र राजा, रजवटाहरुको शालिक रहेकोले सहिद पार्क निर्माण गर्न लागिएको वताए । पार्क शिलान्यासको विरोध गरेको नेपाली कांग्रेस प्रति लक्ष्ति गर्दै उनले हाती चल्ले बजार कुकुर भोके हजार भन्दै प्रदेश सरकारलाई काम अगाडी बढाउनु पर्नेमा जोड दिए ।

उनले भने आफुहरु आन्दोलन गर्नको लागि नै जन्मेको र लास भएर गुजरेका छौं आउनुस पूर्ण तयारीका साथ आउनुस हामी तयार छौं । भौतिक पूर्वधार विकास मन्त्री प्रदेश नं. २ अन्तर्गत रहेका शहरी विकास तथा भवन कार्यालय, वीरगंज पर्साले शिलान्यास कार्यक्रमको आयोजना गरेको थियो ।

विपी उद्यानको नाउमा रहेको जग्गामा प्रदेश सरकारले सहिद पार्क निर्माणको लागि ७५ लाख रकम छुट्याएको छ भने पहिलो चरणमा पार्कको वाउन्डरी वाल निर्माण गरिने शहरी विकास तथा भवन कार्यालय, पर्साका प्रमुख सरोज गोइतले वताए । शिलान्यास कार्याक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी सहभागि थिएन ।

उनि निकट एक व्यक्तिका अनुसार प्रदेश सरकारले स्थानिय सरकारलाई वाईपास गर्दै मनपरी गरेका कारण कार्यक्रममा मेयर सरावगी सहभागि भएका थिएन । महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा प्रदेश सरकारले पार्कको शिलान्यास गर्नु र सो कार्यक्रममा नगर प्रमुख सहभागि नहुनु राम्रो नभएको कार्यक्रम स्थल मै चर्चा चलेको थियो ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख सरावगी सहित, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक लगायत विभिन्न कार्यालयका प्रमुख र सुरक्षा प्रमुखहरुको पनि सहभागिता थिएन भने उपस्थिती पनि न्यून थियो । यता मंगलबार नेपाली कांग्रेसले पत्रकार सम्मेलन नै गरी पार्कको शिलान्यास कार्यक्रम स्थगित गर्न मांग गरेको थियो ।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद रमेश प्रहलाद गिरि, राजपाका महा सचिव शिव पटेल लगायतकाले मन्तब्य राखेका थिए भने शिलान्यास कार्यक्रममा सहिदहरूकाे फोटोमा माल्यार्पण समेत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...