Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

अनेरास्ववियु पर्साद्वारा चिकित्सा शिक्षा बिधेयकको स्वागत

spot_img
spot_img

वीरगंज, १५ माघ ।
सतारुढ दल नेकपा निकट अनेरास्ववियु, पर्साले संघिय संसदद्वारा बहुमतले पारीत चिकित्सा शिक्षा बिधेयकको स्वागत गरेको छ । ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजको मुल गेट अगाडि सोमबार सान्झ दिप प्रजवलित गरि अनेरास्ववियुले प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको बिरोधको बाहजुद पनि बहुमतले पारित शिक्षा बिधेयकको स्वागत गरेको हो ।

अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य शिवम साहको अगुवाईमा भएको दिपप्रजवलित कार्यक्रममा पुर्व सांसद एंव नेकपाका नेता बिचारी यादव, युवा नेता मनोज कुमार चौधरी, प्रदेश सदस्य तेज प्रकाश निसाद, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य इशक कुमार, पर्सा संयोजक मित्रदेव यादव, ठारब ईकाई अध्यक्ष मेराजुल हवारी, ओबिसी पर्साका अध्यक्ष अकलेश साह लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिपक्षी दल नेपाली काङ्ग्रेस निकट नेवि संघले वीरगंजमा शिक्षा बिधेयकको बिरोधमा प्रधानमन्त्री के.पि. ओलिको पुतला दहन गरेकै दिन नेकपा निकटका अनेरास्ववियुले स्वागत गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...