वीरगंज, १४ माघ ।
प्रदेश नं. २ को मुख्यमन्त्री स्वच्छता अभियान सोमबार वीरगंजबाट सुभारम्भ भएको छ । वीरगंजको घण्टाघरमा आयोजित सरसफाई जागरण महाअभियान कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले बैलून उडाएर अभियानको सुभारम्भ गरे । अभियानको सुभारम्भ गर्दै मुख्य मन्त्री गद्दीले एक दिनको सफाईबाट मात्र नहुने वताउदै यसलाई निरन्तरता दिनु पर्ने वताए । सरसफाई नियमित गर्नु पर्नेमा जोड दिदै उनले हामी जहां छौं त्यहीबाट गर्नु पर्ने वताए ।

मुख्य मन्त्री गद्दीले फागुन ५ गते वीरगंजबाट नै प्रदेश सरकारको “बेटी पढाउ बेटी बचाउ अभियान”को सभारम्भ गरिने समेत वताए । बेटी पढाउ बेटी बचाउ अभियानको सुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने मुख्यमन्त्री गद्दीले जानकारी गराए ।
मुख्यमन्त्री स्वच्छता अभियान प्रदेश नं. २ का संयोजक सलाउदिन अहमदले स्वस्थ्य नागरिकको परिकल्पनालाई सकार गर्दै प्रदेशलाई समृद्ध बनाउ मुख्य मन्त्री स्वच्छता अभियान संचालन गरिएको र आजबाट औपचारिक रुपमा अभियान सुभारम्भ भएको वताए ।
मुख्यमन्त्री स्वच्छता अभियान, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजनामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, प्रदेश सांसद जन्नत अंसारी, सिंघासन साह कलवार, करिमा बेग्म, प्रदेश सचिव हरि फँुयाल, पूर्व सांसद रामचन्द्र साह, अजय दुवेद्वि, नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बंजारा लगायतकाको सहभागिता रहेको थियो ।
घण्टाघरबाट अभियानको सुभारम्भ भए पछि वीरगंज नगर क्षेत्रमा सरफाई समेत गरिएको थियो । सरसफाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, द हेल्पेज नेपाल, विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।