Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

मुख्यमन्त्री स्वच्छता अभियान बैलुन उडाएर वीरगंजबाट सुरु

spot_img
spot_img

वीरगंज, १४ माघ ।
प्रदेश नं. २ को मुख्यमन्त्री स्वच्छता अभियान सोमबार वीरगंजबाट सुभारम्भ भएको छ । वीरगंजको घण्टाघरमा आयोजित सरसफाई जागरण महाअभियान कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले बैलून उडाएर अभियानको सुभारम्भ गरे । अभियानको सुभारम्भ गर्दै मुख्य मन्त्री गद्दीले एक दिनको सफाईबाट मात्र नहुने वताउदै यसलाई निरन्तरता दिनु पर्ने वताए । सरसफाई नियमित गर्नु पर्नेमा जोड दिदै उनले हामी जहां छौं त्यहीबाट गर्नु पर्ने वताए ।

मुख्य मन्त्री गद्दीले फागुन ५ गते वीरगंजबाट नै प्रदेश सरकारको “बेटी पढाउ बेटी बचाउ अभियान”को सभारम्भ गरिने समेत वताए । बेटी पढाउ बेटी बचाउ अभियानको सुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने मुख्यमन्त्री गद्दीले जानकारी गराए ।

मुख्यमन्त्री स्वच्छता अभियान प्रदेश नं. २ का संयोजक सलाउदिन अहमदले स्वस्थ्य नागरिकको परिकल्पनालाई सकार गर्दै प्रदेशलाई समृद्ध बनाउ मुख्य मन्त्री स्वच्छता अभियान संचालन गरिएको र आजबाट औपचारिक रुपमा अभियान सुभारम्भ भएको वताए ।

मुख्यमन्त्री स्वच्छता अभियान, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आयोजनामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, प्रदेश सांसद जन्नत अंसारी, सिंघासन साह कलवार, करिमा बेग्म, प्रदेश सचिव हरि फँुयाल, पूर्व सांसद रामचन्द्र साह, अजय दुवेद्वि, नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष श्याम बंजारा लगायतकाको सहभागिता रहेको थियो ।

घण्टाघरबाट अभियानको सुभारम्भ भए पछि वीरगंज नगर क्षेत्रमा सरफाई समेत गरिएको थियो । सरसफाई कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, द हेल्पेज नेपाल, विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...