Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

सवारी दुर्घटनामा सशस्त्रका एसपि पोखरेलको मृत्यु, सिडियो भट्टराईको अवस्था चिन्ताजनक

spot_img
spot_img

वीरगंज, १३ माघ ।
बाराका सुरक्षा अधिकारी चढेको स्कार्पियो जीप दुर्घटना हुँदा सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलको मृत्यु भएको छ । बाराको पसाहा पुल नजिक भएको दुर्घटनामा परि सशस्त्र प्रहरी बल १२ नम्बर गण, बाराका प्रहरी उपरीक्षक (एसपी) पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल छन् ।

घाइते मध्ये बाराका प्रमुख जिल्ला अधिकारी भट्टराईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार वीरगंज हेल्थ केयरमा भईरहेको छ । गम्भीर घाइते प्रमुख जिल्ला अधिकारी भट्टराईलाई काठमाडौ लग्नको लागि हेलिकप्टर सिमरा आईपुगेको छ । रातिको समय भएकोले वीरगंज हेलिकप्टर लेन्ड गर्न नसकिने भएकोले काठमाडौ लग्नमा ढिलाई भएको छ । अधिकारिलाई एम्बुलेन्सबाट सिमरा लग्ने तयारी भईरहेको छ ।
कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ढुङ्गा बोकेको ट्याक्टरको टेलरसँग ठोक्किएर दुर्घटना भएको हो । धुलोले रोकि राखिएको ट्याक्टरको टेलर देखाई नदिदा स्कार्पियो ठोकिएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका एसपी पोखरेलको शव अल्पाइन अस्पताल सिमरामा राखिएको छ भने प्रजिअ भट्टराईलाई एम्बुलेन्स मार्फत सिमरा लगिने तयारी भईरहेको छ । सिमरामा आएको हेलिकप्टरबाट प्रजिअ भट्टराईलाई थप उपचारको लागि काठमाडौ लगिने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...