Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

पुरस्कार प्रदानका लागि छनौट समिति गठन

spot_img
spot_img

कलैया,१० माघ ।
बारा जिल्लाको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले आफ्नो १८ औं बार्षिकोत्सवको अवसरमा दुईजना कृयाशिल पत्रकारलाई नगद राशी सहित पुरस्कृत गर्ने भएको छ । पत्रिकाको प्रकाशन समूहको बिहीबार बसेको बैठकले संचारकर्र्मी पुरस्कृत गर्नका लागि तीन सदस्यीय छनौट समिति गठन गरेको हो ।

कृपा दैनिकले स्थापना गरेको नवजान कृयाशिल पत्रकारिता पुरस्कार र चन्द्रप्रसाद खनाल स्मृति कृयाशिल पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि कृपा दैनिक पत्रिकाकी प्रकाशक सबिता चालिसे (उपाध्याय) संयोजक रहने गरी बनाइएको समितिको सदस्यमा बाराका अग्रज पत्रकार गोकुल घोरसाइने र पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनाल रहनु भएको छ ।

समितिको सिफारिसमा परेका संचारकर्मीहरुलाई कृपा दैनिकको बार्षिकोत्सवका दिन आगामी फागुन ४ गते पुरस्कृत गरिने पत्रिकाकी प्रकाशक एवम् पुरस्कार छनौट समितिकी संयोजक सबिता चालिसे (उपाध्याय) ले जानकारी दिनुभयो ।

कृपा दैनिक पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायकी धर्मपत्नी जानकीदेवी उपाध्यायको नाउँमा नवजान कृयाशिल पत्रकारिता पुरस्कार २०७२ सालमा स्थापना गरिएको हो भने कृपा दैनिकका कार्यकारी सम्पादक कृष्णउदास खनालका पिता चन्द्रप्रसाद खनालको नाउँमा स्वर्गीय चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार २०६८ सालमा नै कृपा दैनिक पत्रिकाले स्थापना गरेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...