Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

सुन्दर शान्त नेपाल कार्यक्रमको सरोकारवाला निकायको त्रैमासिक बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज, १० माघ ।
सुन्दर शान्त नेपाल कार्यक्रमको बिहिबार संवाद मंच, नागरिक समाज/संस्था/संचारकर्मी तथा स्थानिय निकायको त्रैमासिक बैठक सम्पन्न भएको छ । होटल हिमाल वीरगंजमा भएको बैठकमा वोल्दै वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले ३ वटा सरकारको फरक फरक निति, नियमका कारण काम गर्न ग्राहो भएको वताएकी छिन ।

बैठककी प्रमुख अतिथी समेत रहेकी उप मेयर कार्कीले सबै सरकारको छुटै छुटै अधिकार भएकोले पनि समस्या भएको वताइन । पालिकाको सवालमा अधिकार वडा अध्यक्षलाई र कर्सी मेयर, उप मेयरलाई भएको गुनासो गरिन । नयायिक समितिमा पनि काम गर्न ग्राहो भएको वताउदै उप मेयर कार्कीले अधिकार वडा अध्यक्षहरुलाई र शक्ति प्रमुख, उप प्रमुखलाई भएको वताइन । वडा अध्यक्षहरु माथी दोष थुपार्दै कार्कीले चाहेर पनि सोचे जस्तो काम गर्न नसकिएको स्विकार गरिन ।

नागरिक संवाद मञ्च पर्साको सभापति ओमप्रकाश सरार्फले लक्ष्ति बर्गको कार्यक्रम पालिकाको अधिकार भित्र राखेकोले समस्या भएको वताए । उनले सिमान्तकृत समुदायको लागि के के गर्नु भयो, कहाँ गर्नु भयो लगायतको लिखित विवरण नै आफुहरुले मांग गरि रहेको वताए । आई.टी.आई. बाट आएका सुचनाहरुको सम्बन्धमा सरोकारवालाहरुलाई बोलाएर छलफल गर्ने समेत सरार्फले वताए । उनले कार्यक्रमको लागि मात्र नभई कार्यक्रम गरि सके पछि त्यसको प्रतिफल के आयो त्यसको निगरानी तर्फ पनि लागेको वताए ।

मञ्चका सभापति सरार्फको अध्यक्षतामा भएको बैठकमा बहुदरमाई नगरपालिकाकी उप मेयर गायत्री देवी यादव, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम, नेपाल पत्रकार महांघ पर्साका सचिव युवराज खड्का, पत्रकार वृजलाल पासवान, शिवनाथ यादव, रामाकान्त पटेल, कविता खडका लगायतकाले मन्तव्य राखेका थिए । जनजागरण युवा क्लब, बाराको आयोजनामा संचालित सुन्दर शान्त नेपाल कार्यक्रम अन्तर्गत बैठक भएको थियो । वैठकमा कार्यक्रम संचालन रहेको वीरगंज महानगरपालिका र बहुदरमाई नगरपालिकाका भित्र गरिने कार्यको योजना समेत सार्वजनिक गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...