Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

खुला दिशामुक्त वडा घोषणा नगरेसम्म सबै बजेट रोकने मेयर सरावगीको चेतावनी

spot_img
spot_img
चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता व्यक्त
वीरगन्ज, ३ माघ  ।
पर्सा जिल्लालाई चैत्र मसान्त सम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । बिहिबार दिउसो सम्पन्न भएको जिल्ला स्तरीय खानेपानि  सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकमा सहभागी  सरोकारवालाहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका छन्् ।
जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अंसारीको अध्यक्षतामा सम्पन्न भएको समन्वय बैठकमा सहभागी स्थानिय निकायका जनप्रतिनिधि, सुरक्षा निकायका जिल्ला प्रमुखहरु, समाजिक सघं संस्था, संचाकर्मि तथा खानेपानि तथा सरसफाइ कार्यालयका  पदाधिकारीहरुले पर्सा जिल्लामा वाकि रहेका स्थानिय निकायहरुलाई फागुन मसान्त सम्ममा खुला दिशामुक्त घोषणा गर्दै यो बर्षको अन्तिम सम्म जसरीपनि पर्सालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेका छन्् । कार्यक्रममा सहभागीहरुले वाकि रहेका स्थानिय निकायका वडा वासिहरुलाई चर्पि उपयोगीताको लागी सबै उपायहरु अपनाउने निर्णय गर्दै खुला दिशापिसाब गर्ने व्यत्तिहरुलाई दन्डित गर्ने कार्यदल बनाउने सहमति समेत गरेका छन््।
कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले स्वच्छता नागरिकको पुर्ण अधिकार भएको बताउदै आउने सन्ततीहरुलाई रोगबाट बचाउन सरसफाइ र स्वच्छताको अभियानलाई तिब्रता दिइने धारणा व्यक्त गर्नुभयो ।  उहाले महानगरपालिकालाई खुला दिशामुक्त घोषणा गर्न वाकिरहेका वडाहरुमा चर्पि उपयोगीतालाई अनिवार्यता लागु गर्ने घोषणा समेत गर्नुभयो । नगर प्रमुख सरावगीले वाकिरहेका वडाहरुलाई खुलादिशामुक्त घोषणा नभएसम्म सबै विकास बजेटहरु रोकिने चेतावनी समेत दिनु भयो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पर्सा जिल्लालाई आउने महिनालाई सरसफाइ महिनाको रुपमा विभिन्न अभियानहरु चलाउदै खुलादिशा मुक्त घोषणा घोषणा गर्न सरोकारवाला सबै पक्षको सहभागीतामा एउटा कार्यदल बनाउने राखेको प्रस्ताव सर्वसहमतीबाट पारित भएको थियो । कार्यक्रममा जिल्ला खानेपानि कार्यालयका प्रमुख जकि अहमद अंसारीले जिल्ला भरीको सरसफाइ तथा चर्पि उपयोगीताको अवस्थाबारे जानकारी गराउनु भएको थियो भने कमल अधिकारीले प्रदेशको खुलादिशा मुक्त अवस्थाको कार्यप्रगती र बिशलेषण बारे सबैलाई जानकारी गराउनु भएको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...