Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

वीरगंजमा माघी (खिचडी) महोत्सव भव्य रुपमा सम्पन्न

spot_img
spot_img

वीरगंज, १ माघ ।
माघे सङ्क्रान्ति तथा थारु सम्बत् २६४३ औंको अवसरमा माघी (खिचडी) महोत्सव वीरगंजमा भव्य रुपमा सम्पन्न भएको छ । थारु समुदायको पहिरनमा वीरगंजको घण्टाघरबाट निस्केको र्याली वीरगंजको आदर्शनगर स्थित रहेको स्वीमिङ्ग पुलमा पुगी समाहरोहमा परिणत भएको थियो ।

माघी (खिचडी) मूल समाहरोह समिति, पर्साको आयोजनामा विगतका बर्ष झै यस बर्ष पनि भएको महोत्सवमा सांस्कृतिक कार्यक्रमको साथै थारु समुदायको विभिन्न खानाको परिकार समेत राखिएको थियो । वीरगंजका विभिन्न विद्यालयमा अध्ययनरत छात्र÷छात्राहरुले थारु समुदायको पहिचान झल्कने खालको नृत्य तथा गित प्रस्तुत गरेका थिए ।

समाहरोहमा बोल्ने वक्ताहरुले थारु समुदायको शिक्षामा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । शिक्षाका साथ साथै थारु समुदायमा दाइजो प्रथा सुरु हुदै गएकोले त्यसलाई रोक्नु पर्ने पर्ने धारणा राखेका थिए । माघी मुल समाहरोह समितिका संयोजक एवं मेलमिलाप थारु परिवारका अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा र सुबलाल भगत उच्च मा.वि. रौतहटका जग्गा दत्ता परिवारका प्रतिनिधि अघिलेश्वर चौधरीको प्रमुख आतिथ्यतामा समाहरोह भएको थियो ।

समाहरोहमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराई, पर्सागढी नगरपालिका मेयर लोकनारायण यादव, उप मेयर अर्चना चौधरी, पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी, उपाध्यक्ष ममता महतो, गण्डक हस्पिटलका संचालक रहबर अंसारी, नेशनल मेडिकल क्लेजका संचालक बसरुदिन अंसारी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केशी लामिक्षाने, पर्साका अध्यक्ष श्याम बंजारा, आदवासी जनजाती पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष निरज पिठाकोठे मगर लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...