Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

प्रादेशिक सार्वजनिक सडक विधेयक मस्यौदा बारे वीरगंजमा सुझाव सङ्कलन

spot_img
spot_img

वीरगंज, १ माघ/
प्रदेश २ सरकारले सार्वजनिक सडक विधेयक ल्याउन लागेकोमा सोको तयारी मस्यौदाबारे सोमवार वीरगंजमा छलफल तथा सुझाव सङ्कलन भयो ।
होटल भिस्वामा आयोजित कार्यक्रममा सरोकारवालाहरूसँग प्रदेश २ का भौतिक योजना पूर्वाधार विकास तथा यातायात मन्त्रालयले अन्तक्र्रिया गरी सुझाव सङ्कलन गरेको हो । प्रदेशको सडकहरूको  वर्गीकरण गरी निर्माण, मरम्मत सम्भार, विस्तार एवं सुधार गर्न आवश्यक जग्गा प्राप्ति, मुआब्जा वितरणलगायत विषयमा छलफल भएको थियो ।
प्रदेशको सडकलाई अन्तर्राष्ट्रिय मादण्ड अनुरूप समय सुहाउँदो र गुणस्तरयुक्त बनाउने, निर्माण र
मरम्मत सम्भार कार्यलाई पारदर्शी एवं प्रभावकारी बनाउने, सार्वजनिक सडकबाट लाभान्वित हुने सडक छेउका जग्गावालाहरूबाट विकास कर असुल गर्नेलगायत महल राखेर प्रदेश सरकारले कानून बनाउन थालेको भौतिक योजना पूर्वाधार विकास तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइटबाट पनि अनलाइन सुझाव सङ्कलनको व्यवस्था गरिएको छ ।
कार्यक्रममा भौतिक राज्यमन्त्री डिम्पल झा, नेपाली कांग्रेस प्रदेश नं. २ का सचेतक उपेन्द्र कुशवाहा, राजपाका सचेतक परमेश्वर साह, फोरमका सचेतक शैलेन्द्र यादव, प्रदेश सांसद बाबूलाल साह, डा. अञ्जु यादव, वीरगंजका मेयर विजय सरावगी, जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंह, नीति आयोगका सदस्य राजकुमार लेखी, बारा पर्साका पूर्वाधार विकास कर्याालयका प्रमुख इन्जिनीयर सञ्जय साहलगायतको सहभागिता थियो ।
कार्यक्रम मन्त्रालयका सचिव पुष्कार घिमिरेको अध्यक्षतामा भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...