Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

प्रादेशिक सार्वजनिक सडक विधेयक मस्यौदा बारे वीरगंजमा सुझाव सङ्कलन

spot_img
spot_img

वीरगंज, १ माघ/
प्रदेश २ सरकारले सार्वजनिक सडक विधेयक ल्याउन लागेकोमा सोको तयारी मस्यौदाबारे सोमवार वीरगंजमा छलफल तथा सुझाव सङ्कलन भयो ।
होटल भिस्वामा आयोजित कार्यक्रममा सरोकारवालाहरूसँग प्रदेश २ का भौतिक योजना पूर्वाधार विकास तथा यातायात मन्त्रालयले अन्तक्र्रिया गरी सुझाव सङ्कलन गरेको हो । प्रदेशको सडकहरूको  वर्गीकरण गरी निर्माण, मरम्मत सम्भार, विस्तार एवं सुधार गर्न आवश्यक जग्गा प्राप्ति, मुआब्जा वितरणलगायत विषयमा छलफल भएको थियो ।
प्रदेशको सडकलाई अन्तर्राष्ट्रिय मादण्ड अनुरूप समय सुहाउँदो र गुणस्तरयुक्त बनाउने, निर्माण र
मरम्मत सम्भार कार्यलाई पारदर्शी एवं प्रभावकारी बनाउने, सार्वजनिक सडकबाट लाभान्वित हुने सडक छेउका जग्गावालाहरूबाट विकास कर असुल गर्नेलगायत महल राखेर प्रदेश सरकारले कानून बनाउन थालेको भौतिक योजना पूर्वाधार विकास तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइटबाट पनि अनलाइन सुझाव सङ्कलनको व्यवस्था गरिएको छ ।
कार्यक्रममा भौतिक राज्यमन्त्री डिम्पल झा, नेपाली कांग्रेस प्रदेश नं. २ का सचेतक उपेन्द्र कुशवाहा, राजपाका सचेतक परमेश्वर साह, फोरमका सचेतक शैलेन्द्र यादव, प्रदेश सांसद बाबूलाल साह, डा. अञ्जु यादव, वीरगंजका मेयर विजय सरावगी, जिल्ला समन्वय समिति बाराका सभापति नवलकिशोर सिंह, नीति आयोगका सदस्य राजकुमार लेखी, बारा पर्साका पूर्वाधार विकास कर्याालयका प्रमुख इन्जिनीयर सञ्जय साहलगायतको सहभागिता थियो ।
कार्यक्रम मन्त्रालयका सचिव पुष्कार घिमिरेको अध्यक्षतामा भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...