Date
मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026

गाँजा खेती नियन्त्रण भए पछि जिराभवानी र ठोरीमा सुर्ति खेती

spot_img
spot_img

पर्सा, २३ पुस ।
पर्साको जिराभवानी र ठोरी गाउँपालिकामा सुर्ती खेती गर्ने कृषहरुको संख्यामा वृद्धि भएको छ । केही बर्ष अगाडी गाँजा खेती हुदै आएका खेतहरुमा सुर्ती खेती किसानहरु गर्न थालेका छन । गाँजा खेती नियन्त्रण भए पछि सुर्ती खेती गर्न थालिएको ठोरी गाउँपालिकाको वडा नं. ४, निर्मलबस्तीका कृषक बिर बहादुर तमांगले वताए ।

सुर्ती खेतीबाट नै बार्षिक लाखौं आम्दनी गरिएको उनले वताए । तमांगले गत बर्ष आफुले एक विगहा जतिमा सुर्ती खेती गरेको र सोबाट बार्षिक डेढ लाख भन्दा बढी आम्दनी गरेको वताए । उनले आफु जस्तै धेरैले सुर्ती खेती गरेको वताए । बर्षमा सुर्ति खेती सहित ३ बाली कृषकहरुले लगाउने गरेका छन ।

खाजां खेतीको नियन्त्रण पछि नगदे बालीको रुपमा सुर्ती खेती तर्फ कृषकहरु आक्रषित भएका छन । कम खर्च र परिश्रमबाट राम्रो आम्दनी हुन थाले पछि सुर्ती खेती तर्फ कृषकहरुको आक्रषण बढेको हो । लगानीको ८० देखी ९० प्रतिशत आम्दनी हुने गरेको कृषकहरु बताउँछन ।

यसका साथै सुर्ती खेती अन्य खेतीको तुलनाममा जङ्गली जनावरबाट पनि सुरक्षित हुने गर्छ । निकुञ्जबाट आउने जङ्गली जनावरहरु धान, गहुँ, मकै, राजमा, तोरी लगायत बाली नष्ट गर्ने गरे पनि सुर्ती खेती भने नष्ट नगरेको कृषकहरुले वताएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...