Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

पशु हक हित संरक्षण समिति, पर्साद्वारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन

spot_img
spot_img

वीरगंज, २० पुस ।
नेपाल कृषि तथा पशु हकहित संरक्षण समितीले एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिकको व्यबस्थापनका लागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा दत पौडेल मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषको कार्यालय सिंहदवारलाई ज्ञापनपत्र बुझाएका छन । नेपाल सरकारले कर्मचारी समायोजन अध्यादेश २०७५ मार्फत कर्मचारी समायोजन गर्ने प्रक्रियामा रहदा एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिकको बिषयमा कुनै कुरा उल्लेख नभएकाले र अन्यौलता आएकोले ज्ञापनपत्र बुझाइएको पशु प्राविधिक सुभम पाण्डेले वताए ।

gayapan-kalikatimesज्ञापनपत्रमा एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिक संचालन निर्देशिका २०७३ बमोजिम विज्ञापन गरी लोक सेवा आयोगको मापदण्ड लिखित र मौखिकका आधारमा छनौट भएर हाल स्थानिय तहमा खटिएर गएका एक गाउँ एक कृषि तथा पशु सेवा प्राविधिकहरुलाई स्थानिय तहमा स्थायी दरबन्दी कायम गरी स्वत स्थायी गरिनु पर्ने माग रहेको छ ।

यस्तै तत्काल नेपाल निजामति सेवा एनको परिमार्जनको चरणमा रहदा निजामती सेवा एनको दफा ८ मा रा.प.अ.न. द्धितिय पद नरहने व्यबस्था गर्न खोजिएकोले हाल सम्म प्राविधिक बिषयमा अध्ययन पुरा गरेका टिसिएलसि कृषि भेटेरीनरी अमिन लगायतका प्राविधिक पद कायम गरी खुल्ला विज्ञापन मार्फत पदपुर्ती गरिनुपर्ने माग रहेको छ ।

ज्ञापनपत्र बुझाउने टोलीमा नेपाल कृषि तथा पशु हकहित संरक्षण समिती, पर्साका अध्यक्ष मोहन दास, उपाध्यक्ष कमलेश गुप्ता, सचिव अजय साह कानु, शुभम कुमार पाण्डे, दयाराम वाग्ले, क्षत्र बहादुर साह, गोबिन्द भैया थारु लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...