Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पोखरिया नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा धर्मराज थापा

spot_img
spot_img

पर्सा, १३ पौष ।
पर्साको पोखरिया नगरपालिकाको प्रमुख प्रसाशकिय अधिकृतमा धर्मराज थापा नियुक्त भएका छन । जिल्ला समन्वय समिती पर्साको समाजिक विकास अधिकृतबाट सरुवा भई पोखरिया नगरपालिकाको समाजिक अधिकृतमा गएका थापा नगर कार्यपालिका कार्यालयको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका हुन ।

एक महिना पहिला नगरपालिकाको प्रमुख प्रसाशकिय अधिकृत नाथु साहको सरुवा भएको थियो । त्यस पछि नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन रहेको थियो भने निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा थापा नै कार्यपालिका कार्यालयको कामकाज गर्दै आएका थिए ।

संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका थापाले बिहीवार कार्यभार समाहले पछि कालिका टाइम्स संग कुरा गर्दै अव बिकास निर्माणको कामकाज अगाडि बढने वताए । जनप्रतिनिधीको सहकार्यमा र जनसमुदायको सहयोगले बिकास निर्माणको काम गति लिने थापाको भनाई थियो ।

प्रमुख प्रसाशकिय अधिकृत धर्मराज थापालाई नगरपालिकाका जनप्रतिनिधीहरुले बधाई तथा कार्यकाल सफालताको शुभकामना समेत दिएका थिए । लामो समयको अनुभवी थापा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाए पछि विकास निर्माणको काम गति लिने नगर प्रमुख दिपनारायण रौनियारले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...