Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

प्रथम ठोरी महोत्सव सुरु, कृषि राज्य मंत्रि रामकुमारी चौधरी द्वारा उदघाटन

spot_img
spot_img

पर्सा, १३ पुस १३ ।
पर्साको ठोरी गाउँपालिकामा आजदेखि ऐतिहासिक प्रथम ठोरी महोत्सव सुरु भएको छ । वडा न २ को राइधारामा आयोजित महोत्सवको एक भव्य समारोहका बीच कृषि तथा पशुपन्छी राज्य मन्त्री राम कुमारी चौधरीले उदघाटन गरेकी छिन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमको मुख्य अतिथि समेत रहेकी मन्त्री चौधरीले ठोरीमा प्रचुर विकासको सम्भावना रहेको बताइन । ठोरी महोत्सवले समग्र २ नंं. प्रदेशकै ध्यान खिच्न सफल भएको बताउँदै मन्त्री चौधरीले अब ठोरीको विकासमा सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरिन । उनले संघीयता सुरुवाती चरणमा भएको बताउँदै कार्यान्वयन हुने क्रममा सवैको पहिचानको माग सम्बोधन हुने जिकिर गरिन ।

कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र न ४ का पुर्व सांंसद जय प्रकाश थारुले मुलुकलाई अप्ठ्यारो पर्दा ठोरीले सधैं सघाउने भए पनि ठोरीको समुचित विकासमा कसैले पनि ध्यन नदिएको आरोप लगाए । पर्यटकिय गन्तव्यको सम्भावना भएर पनि त्यसलाई व्यवस्थित गर्न नसकिएको बताउँदै उनले अवको ध्यान ठोरीलाई नाकाको रुपमा विकास गर्न हुनुपर्ने बताए ।

नेकपाका प्रदेश नं. २ का सदस्य प्रभु हजराले ठोरीको विकास जरुरी रहेको बताए । उनले हुलाकी सडक, सिमा सुरक्षा कार्यक्रम लगायतका विकास निर्माण कार्य ठोरीमा प्रारम्भ भैसकेको बताउँदै कुनै हालतमा पनि ठोरी प्रदेश २ बाट छुट्टिन नहुने बताए ।

हजराले ठोरी प्रदेश २ बाट छुट्टिन नसक्ने बताउने बित्तिकै कार्यक्रम स्थलमा केही बेर नाराबाजी समेत भएको थियो ।हजराले माफी माग्नुपर्ने भन्दै उनका विरुद्ध ठोरीलाई प्रदेश ३ मा समायोजन गर्नुपर्छ भन्ने पक्षधरका केही व्यक्तिहरुले कार्यक्रम स्थल अगाडि केहिबेर नारबाजी गरेका थिए । प्रदर्शनकारीहरुलाई गापा अध्यक्ष पि.एल.श्रेष्ठ र प्रहरीले समन्वय गर्दै शान्त पारेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै ठोरी गापाका अध्यक्ष पदमलाल श्रेष्ठले गाउँपालिकामा रहेको नदि नियन्त्रण, सिचाइ ,खानेपानी लगायतका विविध समस्याका बारेमा कार्यक्रम अवगत गराए । साथै उनले ठोरीका समस्या समाधान गर्नका लागि पहल गरिदिन कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरुलाई आग्रह समेत गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्यहरु सुन्दर बिक, जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर प्रसाद न्यौपाने, नेकपाका बारा जिल्ला कार्यदल सदस्य क्षेत्र बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

आयोजनक कपुरबोट मिडिया प्रालिका अध्यक्ष सन्तोष देउजाको सभापतित्वमा भएको कार्यक्रममा पर्साका जगरनाथपुर, पटेर्वा सुगौली, छिपहरमाई, सखुवा प्रसौनी गापाका अध्यक्षहरु, ठोरी गापाका जनप्रतिनिधिहरु, प्रहरी, सरकारी कर्मचारी, पत्रकार , ठोरीका ४ वटा माविका बिद्यार्थी र शिक्षकहरु, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु लगायत सर्वसाधारणहरुको ठूलो संख्यामा उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा ठोरीमा रहेका दीपकनगर मावि, सरस्वती मावि ,ओडार मावि र बिजयवस्ती माविका बिद्यार्थीहरुले मार्चपास समेत गरेका थिए । शुक्रबार देखि सुरु भएको महोत्सव पौष २३ सम्म चल्ने छ । महोत्सवमा लत्ताकपडा, होटेल ,दैनिक उपभोग्य सामग्रीहरु लगायतका स्टलहरु रहेका छन् । महोत्सवमा दैनिक रुपमा विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति समेत रहने आयोजकले जानााएको छ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...