Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

अन्तराष्ट्रिय मैथिली सम्मेलनको निष्कर्ष : प्रदेश नं. २ को कामकाजी भाषा मैथिली हुनुपर्छ

spot_img
spot_img

जनकपुरधाम :  १६ औं अन्तराष्ट्रिय मैथिली सम्मेलनले १० बुँदै जनकपुर घोषणा–पत्र जारी गर्दै सकेको छ । प्रदेश १ र २ मा प्रदेश स्तरको र स्थानीय तहको सरकारी, अर्धसरकारी गैरसरकारी कार्यालयहरुमा मैथिलीलाई कामकाजी भाषा घोषणा गर्नुपर्नेसहितका १० बुंदे घोषणा पत्र जारी गरेको हो ।

नेपालको विद्यालयहरुमा पाठयक्रममा प्रारम्भिक वालशिक्षा केन्द्रदेखि लिएर कक्षा १२ (माध्यमिक तह)सम्म १ सय पुर्णाङ्कको एउटा पत्र मातृभाषा अनिवार्य राखियोस्, प्रारम्भिक बालशिक्षादेखि लिएर कक्षा ५ सम्म अनिवार्य रुपमा मातृभाषा माध्यमबाट शिक्षण र विद्यार्थी मुल्यांकन व्यवस्था गर्नुपर्ने, मैथिली भाषा संरक्षण र सम्वद्र्धनका लागि मैथिली एकेडमीक स्थापना गर्नुपर्ने घोषणा–पत्रमा उल्लेख छ ।

साथै मैथिली भाषामा पत्रकारिता गर्नेहरुलाई बृत्ति विकासको व्यवस्था गर्नुका साथै छापा तथा विद्युतिय संचार माध्यमहरुको राजकीय संरक्षण भेट्नुपर्ने आवाज पनि उठाएको छ । लोकसेवा आयोगसहित सबै सेवा आयोगमा परीक्षा माध्यममा मातृभाषा मैथिलीको मान्यता दिनुपर्ने, संविधानमा व्यवस्था गरिएको भाषा आयोगलाई पुर्णता दिएर मैथिली भाषाको विज्ञ समानुपातिक रुपमा समावेश गर्नुपर्ने, यस क्षेत्रको पर्यटकीय विकासका लागि मिथिला पर्यटन सर्किटको निर्माण गर्नुपर्ने र प्रदेश स्तरमा शोधकेन्द्रको स्थापना र मैथिली शोधवृत्तिको व्यवस्था हुनुपर्ने माग पनि गरिएको छ ।

यस्तै संविधानमा एउटा अनुसूची बनाएर नेपालको समृद्ध भाषाहरुको सूचिकृत गर्नुपर्ने माग पनि घोषणपत्र मार्फत गरेको छ ।सम्मेलनको अन्त्यमा साहित्यकार अशोक दत्तले उद्घाटन सत्रमा अभिव्यक्त विचार, विचार गोष्ठी सत्रमा प्रस्तुत कार्यपत्र र भएको टिकाटिप्पणीको आधारमा घोषणापत्र जारी गरेको बताए । घोषणपत्रमा साहित्यकार दत्त, हिमांशु चौधरी, देवेन्द्र मिश्र, सम्मेलन संयोजक रामभरोस कापडी र महासचिव वैद्यनाथ चौधरीको हस्ताक्षर छ । जनकपुरटुडे

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...